
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।
प्रहरीले शुरूमा ७ जनाको मृत्यु भएको जानकारी दिएको थियो । तर उद्धारका क्रममा थप एक जनाको पनि शव भेटिएको हो ।
बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको बस बुचाकोटमा दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो ।
दुर्घटनामा चालकसहित १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।
बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल पुगेको थियो ।
उनका अनुसार घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।