०१ असार २०८३, सोमबार

हुम्लामा आजबाट कोरोनाविरुद्धको खोप लगाइने

हुम्लामा आजबाट कोरोनाविरुद्धको खोप लगाइने

स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतवार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी मोडेर्ना खोप गाउँ पठाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवारबाट देशभरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउन शुरू भए पनि हुम्लामा सोमवारदेखि लगाउन शुरू हुन लागेको हो  । 

स्वास्थ्य सेवा कार्यालयले खार्पुनाथ, ताँजकोट, नाम्खा र अदानचुली गाउँपालिकामा रहेका बालबालिकाको लागि तीन हजार ५३० मोडेर्ना खोप खोप केन्द्रमा पठाएको छ । आइतवारबाट खोप लगाउने भए पनि प्राविधिक समस्याका कारण खोप गाउँमा पठाएर सोमवारबाट बालबालिकालाई लगाइने कार्यालयका कोल्डचेन असिस्टेन्ट मानबहादुर रोकायाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्