०२ असार २०८३, मंगलबार

जो बाइडनको बिल्ड ब्याक बेटर परियोजना उनकै दलका सांसदले बनाए असफल

पुस ५, २०७८
जो बाइडनको बिल्ड ब्याक बेटर परियोजना उनकै दलका सांसदले बनाए असफल

अमेरिकाको डेमोक्रेटिक पार्टीका सांसद जो मान्चिनले राष्ट्रपति जो बाइडनको बिल्ड ब्याक बेटर परियोजनालाई विफल तुल्याउने गरी त्यसको विपक्षमा मत जाहेर गरेका छन् ।

सामाजिक खर्च सम्बन्धी यस कानूनका विषयमा महिनौंदेखि सम्झौता भइरहेको थियो तर अन्तिममा त्यो काम लागेन । विधेयक पारित गर्न मान्चिनको भोट अनिवार्य हुन्छ ।

मान्चिनले सार्वजनिक रूपमा यस विधेयकको विरोध गर्ने भनेपछि ह्वाइट हाउस रिसाएको छ । ‘सिनेटर मान्चिनले आगामी दिनहरूमा पनि यस विषयमा संवाद गर्ने भनेका थिए अनि साझा दृष्टिकोणमा पुग्नका लागि मिलेर काम गर्ने बताएका थिए,’ ह्वाइट हाउसकी प्रेस सचिव जेन पिसाकीले बताइन् । 

‘उनले फक्स च्यानलमा गरेको टिप्पणी र लिखित बयानले त्यस्तो संवादलाई अन्त्य गर्न खोजेको हो भने त्यो उनको अडान अचानक फेरिएको संकेत हो,’ उनले थपिन् । ‘राष्ट्रपति र सिनेटरका सहकर्मीहरूसँग उनले हाउस र सिनेटमा गरेको प्रतिबद्धतालाई पनि त्यसले भत्काएको छ ।’

वेस्ट भर्जिनियाका सिनेटर मान्चिनले फक्स न्युजसँग आइतवार कुराकानी गर्दै भने, ‘म यस विधेयकलाई समर्थन गर्न सक्दिनँ । अहँ, पटक्कै सक्दिनँ । मैले मानवीय रूपमा सम्भव हुन सक्ने सबै प्रयास गरें । तर म सहमतिमा पुग्न सकिनँ ।’

बिल्ड ब्याक बेटर परियोजनाले अहिलेको महंगीलाई झन् बढाउने भनी मान्चिनले विरोध गरेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्