
काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाएर लैजाने लागेको करीब ३३३ ग्राम सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
सुनसहित बंगलादेशी नागरिक ३५ वर्षीय अस्राफुल इजलामलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनलाई विमानस्थलमा खटिएको प्रहरीले ह्याण्ड ब्यागेजमा जाँच गर्दा २३३ ग्राम सुनको बिस्कुट २ थान र १०० ग्रामको चेनरोल एक थानसहित पक्राउ गरेको हो ।
उनीमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट आवश्यक अनुसन्धान एवं कारवाही भइरहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।