कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
झाडीले भरिएको, वस्तुभाउको आहाल बस्न प्रयोग हुने कैलालीको डुबरी ताल अब मिनी पार्कको रूपमा परिणत हुने भएको छ ।
कैलालीको कैलारी गाउँपालिका–८ डुढियास्थित जैविक दृष्टिकोणले महत्त्वपूर्ण ताल अब मिनी पार्क बन्ने भएको हो ।
१ करोड ७८ लाख ९८ हजार रुपैयाँको लागतमा मिनी पार्क बन्ने भएको छ । कैलारी गाउँपालिकाका इन्जिनीयर भरत चन्दका अनुसार तालमा संघीय सरकारको ६० र कैलारी गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारी रहेको छ ।
२०७८ वैशाख ९ गते गाउँपालिका र महादेव खिम्टी अञ्जना खड्का जेबीबीच सम्झौता भई मिनी पार्क निर्माणको कार्य शुरू गरिएको छ ।
तालको आधा भागलाई मिनी पार्क बनाउन थालिएको बताउँदै इन्जिनीयर चन्दले ७ हेक्टर क्षेत्रफलको वरिपरि ९४० मिटर पर्खाल निर्माण गरिने जानकारी दिए । तालको उत्तर पूर्वी दिशामा प्रवेशद्वार र टिकट घर बनाइने भएको छ । दक्षिण–पश्चिमी दिशामा शौचालय निर्माण गरिने भएको छ ।
सामुदायिक वनसँगै रहेको तालको रमणीय दृश्यालोकनका लागि वरिपरि पद मार्ग बनाइने छ भने रमाइलो गर्न जानेहरूको सुविधालाई मध्यनजर गर्दै पिकनिक स्थल र पार्कको ठाउँठाउँमा २५ वटा फलामे बेञ्च राखिने छ । तालको वरिपरिको उबडखाबड जमिन सम्याएर वृक्षरोपण गरिने बताइएको छ ।
मिनी पार्कको निर्माण कार्य २०८० फागुन मसान्तभित्रै समापन गरिनुपर्ने सम्झौता गरिएको छ । निर्माणको कार्यलाई तीव्रता दिएको निर्माण व्यवसायी सुमन थापाले बताए ।
मिनी पार्क निर्माणसँगै ताल तथा त्यहाँको जैविक विविधताको संरक्षणमा टेवा पुग्ने र पर्यटन प्रवद्र्धन भइ आयआर्जनको बाटो खुल्नेमा स्थानीयले आशा गरेका छन् । डुढियाका स्थानीय रामचरण चौधरीले ओझेलमा रहेको र पुरिँदै गएको प्राकृतिक तालको संरक्षण हुने र पर्यटन प्रवद्र्धन भई आयआर्जन गर्न सकिने आशा व्यक्त गरेका छन् ।
तालको आधा भाग माछापालनको लागि ठेक्का दिइएको छ । माछापालन हुँदै आएको क्षेत्र दिनानुदिन पुरिँदै गएको छ तर त्यसतर्फ भने ध्यान दिन सकिएको छैन ।
तालको ऐतिहासिक महत्त्व समेत रहेको स्थानीय बताउँछन् । स्थानीय ७० वर्षीय भगुन्दत्त चौधरीले आफूहरूका बाजेको समयमा ताल क्षेत्रमा केही स्थानीयले खेती गर्न थालेको सुनाउँछन् । ‘२ वर्षसम्म खेती पनि गरियो तर २ वर्षको अवधिमा गाउँमा अनिष्ट हुन थाल्यो । मान्छेहरू धमाधम मर्न थाले । मरेका मानिसलाई त्यसै ताल क्षेत्रमा नै पुरिन्थ्यो,’ उनले भने ।
ताल क्षेत्रको अतिक्रमणलाई अझै निरन्तरता दिए पूरै गाउँ नै अनिष्टको दलदलमा डुब्ने गाउँलेहरूलाई सुझेपछि खेतीपाती गर्न छोडिएको भगुन्दत्त चौधरी सुनाउँछन् ।
कालान्तरमा अनिष्टको दलदलमा डुबाउने क्षेत्र नै ताल क्षेत्र रहेको भन्दै स्थानीयले ताल क्षेत्रलाई डुबरी भन्न थालिएको र नामकरण पनि भएको उनको भनाइ छ ।
खेती गर्न छोडिएपछि सो क्षेत्रको तल्लो भागमा बाँध बनाएर पानी जम्मा गरिन थालियो । बेनौली लगायत तल्लो क्षेत्रका वस्तीका स्थानीयले हिउँदे बाली सिँचाइ गर्ने उद्देश्यले बाँध बनाएपछि तालको रूपमा परिणत हुन पुगेको छ ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...