०५ साउन २०८३, मंगलबार

प्रदेश सरकारका मन्त्री कांग्रेस केन्द्रीय सदस्यमा पराजित

प्रदेश सरकारका मन्त्री कांग्रेस केन्द्रीय सदस्यमा पराजित

१ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

संस्थापनइतर समूहबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवार भएका कार्कीले १ हजार ६४४ मत ल्याएका थिए । प्रतिस्पर्धामा ६४ मत कम आउँदा उनी पराजित भएका छन् ।

कांग्रेसको विधानअनुसार खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुने व्यवस्था छ । मतपरिणामले कार्की ३७औं नम्बरमा परेका छन् ।

पराजित कार्की सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइरालाका विश्वासपात्र मानिन्छन् । उनी प्रदेश सभामा कांग्रेसका प्रमुख सचेतक समेत थिए ।

पराजित भएपछि कार्कीले सामजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘म खुशी छु, मतमा पटक–पटक हारौं तर विचारमा सम्झौता गर्नु नपरोस, स्वाभिमान नझुकोस्, पदसँग प्रतिष्ठा साट्नु नपरोस् ।’

salt training

कमेन्ट गर्नुहोस्