२८ जेठ २०८३, बिहीबार

गफाडी नम्बर १ भनेर ओलीको नाम गिनिज बूकमा लेखे हुन्छ- माधव नेपाल

गफाडी नम्बर १ भनेर ओलीको नाम गिनिज बूकमा लेखे हुन्छ- माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका छन् । 

समाजवादी प्रेस संगठन नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसीबारे सत्तारुढ ५ दलबीच छलफल गरेर साझा निष्कर्ष निकाल्ने बताए । 

अध्यक्ष नेपालले सेनासँग वा नेपालको सार्वभौमसत्तासँग एमसीसी जोडिन नहुने पनि बताए । उनले आफूले एमसीसीको अन्तरवस्तुका बारेमा छलफल गरिरहेको र त्रुटि कमजोरी छन् भने सच्याएर मात्रै अघि बढ्ने बताएका छन् । अध्यक्ष नेपालले छिमेकी देशहरूमाथि कुनै किसिमबाट असर नपर्ने गरी एमसीसी अघि बढाइने बताए । 

‘हामी जनभावनालाई पनि हेरिरहेका छौँ । नेपाललाई कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश गर्ने कुरालाई हामी स्वीकार्न सक्दैनौँ,’ उनले भने, ‘अहिले एमसीसीसँग जोडिएकाहरूले यो गठबन्धनको अंग होइन भनेर हामीलाई प्रष्ट पार्ने कोसिस गरिरहेका छन् । यसलाई हामीले राम्रो वातावरणमा, सहज वातावरणमा अघि बढाउन चाहन्छौँ । यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस् ।’

अध्यक्ष नेपालले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई अन्याय गरेको बताए । 

उनले पार्टीमा रहँदा प्रचण्ड धेरै सोझो बनेको पनि बताए । प्रचण्डको कमलो मनले ओलीलाई चिन्न नसकेको भन्दै ओली ज्याद्रो मान्छे भएको दाबी नेपालले आरोप लगाए । 

अध्यक्ष नेपालले केपी ओलीको नेतृत्वमा रहेको पार्टीको नारा वामपन्थ नभई रामपन्थ भएको आरोपसमेत लगाए । उनले गफमा कसैले नसक्ने भन्दै गफाडी नम्बर १ भनेर गिनिज बुकमा नाम लेखाए हुने बताए । 

अध्यक्ष नेपालले संसद चल्न नदिने र संविधानलाई गति नदिने व्यक्ति परिवर्तनको संवाहक बन्न नसक्ने पनि दाबी गरे । अध्यक्ष नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष भएपछि ओलीमा चरम व्यक्तिवादी प्रवृत्ति हुर्किएर आउँदा आजको दिन कालो दिनको रुपमा पुगेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्