२३ असार २०८३, मंगलबार

राष्ट्रिय ‘फुल कन्ट्याक्ट’ अर्को साता

राष्ट्रिय ‘फुल कन्ट्याक्ट’ अर्को साता

नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७ औं राष्ट्रिय पुरुष तौल समूह तथा १६ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता पुस ११ गतेदेखि हुने भएको छ ।

प्रतियोगिताको पुरुषमा ३ र महिलामा १ गरी जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका उपाध्यक्ष पुष्प मानन्धरले सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सातै प्रदेशबाट ८० पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहने छ । सबै विधामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरिने छ ।

आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले सबै मार्सल आर्टको प्रबल पक्षलाई समेटेर वज्रको प्रतिपादन गरिएको बताउँदै प्रतिभाशाली खेलाडीलाई संघले आफ्नै खर्चमा बन्द शिविरमा राख्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने योजना रहेको बताए ।

आयोजकका अनुसार दुईदिने प्रतियोगिता सञ्चालन गर्न करीब १७ लाख रूपैयाँ खर्च हुनेछ । खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।

salt training

कमेन्ट गर्नुहोस्