१२ असार २०८३, शुक्रबार

एमसीसीको बहानामा सत्ता गठबन्धन तोड्ने खतरा छ- बाबुराम भट्टराई

एमसीसीको बहानामा सत्ता गठबन्धन तोड्ने खतरा छ- बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताएका छन् । 

सोमवार नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुस ५ गतेको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै डा. भट्टराईले एमसीसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताएका हुन् । 

देशी, विदेशी शक्ति लागेर गठबन्धन भत्काउन सक्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्नेमा उनले जोड दिए । एमसीसीको सम्बन्धमा सत्तारुढ गठबन्धनका बीचमा सहमति जुटाएर मात्रै अघि बढ्नुपर्ने उनले बताए । 

‘हाम्रो गठबन्धनलाई जसरी भत्काउने प्रयत्न भित्र–बाहिरबाट भइरहेको छ, त्यो भत्कने र फेरि नयाँ ढंगले प्रतिगमन अगाडि आउने खतरा छ,’ उनले भने, ‘टड्कारो रुपमा छ, यो अनुमान मात्रै होइन ।’ 

अध्यक्ष डा. भट्टराईले प्रतिगमनकारी शक्तिलाई निस्तेज पार्नका लागि आगामी निर्वाचनसम्मै गठबन्धनलाई कायम राख्नुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्