३० जेठ २०८३, शनिबार

इन्द्रेणी कप्लेक्समा आगलागी हुँदा साढे ३ करोडको क्षति

इन्द्रेणी कप्लेक्समा आगलागी हुँदा साढे ३ करोडको क्षति

काठमाडौंको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको छैठौं तलामा रहेको ‘फिटनेश एण्ड स्पा सेन्टर’मा सोमवार आगलागी भएको छ ।

आगलागीबाट ३ करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार इन्भर्टरबाट विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी आएको र आगो नियन्त्रणमा आइसकेको छ ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन । 

आगो निभाउन काठमाडौं, ललितपुर र भक्तपुरका ५ दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्