०८ असार २०८३, सोमबार

कोरोनाविरुद्धको खोप अभियान सफल बनाउन सरकारको अपिल

कोरोनाविरुद्धको खोप अभियान सफल बनाउन सरकारको अपिल

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी चैत्रभित्र सबै जनतालाई कोरोनाविरुद्धको खोप दिने सरकारको अभियानलाई सघाउन अपिल गरेका छन् ।

    कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको प्रदेश सरकारका मुख्यमन्त्रीहरूसँगको छलफलमा प्रवक्ता कार्कीले चैतभित्र पूर्ण खोप पु¥याउने अभियान सफल बनाउनु सबैको कर्तव्य भएको बताउँदै प्रधानमन्त्रीको अठोटलाई पूरा गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरे ।  

    प्रवक्ता कार्कीले भने, “प्रधानमन्त्रीले मुलुकको कार्यभार सम्हाल्दै गर्दा जनताको जीवन रक्षाका निमित्त खोप लगाउन बाँकी सबै नेपालीलाई चैतभित्र पूरा गर्ने अठोट गर्नुभएको थियो, त्यो प्रतिवद्धता विश्वासमा परिणत भएको छ, आज खोपको सन्त्रासबाट विस्तारै हाम्रो समाज उन्मुत्तितर्फ अगाडि बढेको छ, चैत्रभित्र सरकारले खोपसँगै आर्थिक व्यवस्था पनि गरेको छ, अब यसलाई सफल बनाउनु सबैको उत्तिकै भूमिका हुन्छ ।”  रासस

salt training

कमेन्ट गर्नुहोस्