
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री निर्वाचित भएका छन्।
अध्यक्षका अर्का उम्मेदवार दिननाथ गौतमलाई ७६ मतले पछि पार्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन्।
सोमवार निर्वाचन भएको थियो भने मतगणना राति अबेर सार्वजनिक गरिएको थियो ।
त्यसैगरी, प्रदेश उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी ‘छिन्तु’ र रामप्रसाद ढुङ्गाना विजयी भएका छन्। त्यसैगरी सचिवमा काभ्रेका इन्द्र बहादुर थिङ ‘छिन्ताङ’ निर्वाचित भए। यनी रामचन्द्र अधिकारी र धर्म डंगोललाई पराजित गर्दै निर्वाचित भएका हुन्। थिङले १४९ मत ल्याउँदा प्रतिस्पर्धी अधिकारीले ७८ तथा डंगोलले १४ मत पाए।
प्रदेशको सहसचिवमा दलबहादुर बुर्लाकोटी ‘विजय’, माधव लामिछाने ‘समीर’ र प्रकाश श्रेष्ठले जित हात पार्दा कोषाध्यक्षमा संगीता भट्टराई विजयी बनेकी छन्।