२२ जेठ २०८३, शुक्रबार

विलासिताका वस्तुहरूको आयातमा कडाइ, चकलेटदेखि गाडीसम्म के–केमा भयो कडाइ ?

विलासिताका वस्तुहरूको आयातमा कडाइ, चकलेटदेखि गाडीसम्म के–केमा भयो कडाइ ?

नेपाल राष्ट्र बैंकले आयातलाई थप निरुत्साहन गर्न केही विलासिताका वस्तुहरूको आयातमा कडाइ गरेको छ ।

बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा दबाव बढ्दै गएपछि राष्ट्र बैंकले यस्तो कदम चालेको हो ।

सोमवार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले त्यस्ता वस्तुहरूको आयात गर्न बैंकहरूबाट एलसी (प्रतितपत्र) खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले विभिन्न १६ वस्तुमा नगद मार्जिन राखेर मात्र एसी खोल्न पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले चिनी र चकलेट, मिनरल वाटर, मदिरा र भिनागर, चुरोट र सुर्तिजन्य वस्तु, पर्फ्युम, कस्मेटिक सामान, काठका वस्तु तथा सामानहरू, जुत्ता चप्पल, छाता र लठ्ठी, मार्सल, सिमेन्ट, प्लास्टर र सेरामिकजस्ता वस्तुहरूको आयातमा १०० प्रतिशत नगद मार्जिन राखेर मात्रै एलसी खाेल्न सक्ने व्यवस्था गरेको छ ।

यसैगरी विद्युतीयबाहेक अन्य  सवारी साधन आयात गर्न एलसी खाेल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने  व्यवस्था गरिएको छ ।

तर, उद्योगहरूले आफ्नै प्रयोजनका लागि आफैँले आयात गर्ने कच्चा पदार्थको हकमा लागु हुने छैन । औषधिजन्य प्रयोजनका लागि हुने आयातको हकमा पनि यो व्यस्था लागु हुने छैन ।

मार्जिन रकम नगदका अतिरिक्त चल्ती/बचत/कल निक्षेप खाता खर्च गरी वा भुक्तानीका माध्यम प्रयोग गरी समेत जम्मा गर्न सकिनेछ । तर मार्जिन रकममा व्याज प्रदान गर्न पाइने छैन । 

मार्जिन रकम जम्मा गर्ने प्रयोजनका लागि कुनै पनि कर्जा प्रवाह (स्वेदशी मुद्रामा समेत) गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ । माथि उल्लिखित वस्तु आयातका लागि अग्रिम भुक्तानी गर्न पाइने छैन । मार्जिन रकम प्रतीतपत्र खोल्दाकै अवस्थामा लिनु पर्नेछ चने आयातको भुक्तानी गर्दा त्यस्तो मार्जिन रकम समेतलाई प्रयोग गर्न सकिनेछ ।

नेपाल सरकारका निकाय, कूटनीतिक नियोग र अस्पतालहरूले गर्ने आयातमा यो व्यवस्था नहुने राष्ट्र बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्