३० जेठ २०८३, शनिबार

भालुको आक्रमणबाट युवती गम्भीर घाइते

पुस ६, २०७८
भालुको आक्रमणबाट युवती गम्भीर घाइते
प्रतीकात्मक तस्वीर ।

डोटीको पूर्वी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका–४ वायलमा जंगली भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते भएकी छन् । 

जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दले भालुको आक्रमणबाट ३८ वर्षीया पपि विष्ट गम्भीर घाइते भएको बताए । 

बासकोटा बोकडाडा भन्ने ठाउँमा घाँस काट्न गएकी विष्टलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए । 

उनका अनुसार भालुले उनको टाउको, छाती तथा शरीरका विभिन्न भागमा गहिरो चोट पुर्‍याएको छ । भालुले आक्रमण गर्दा उनी भिरबाट करीब ५० मिटर तल खसेकाले थप चोट लागेको हो ।

घाइतेको दिपायलमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्