०२ असार २०८३, मंगलबार

यूएसएनपीआरसीको छैटौं वार्षिक सम्मेलनमा नेपालको उच्च शिक्षाका संस्थागत यथार्थताबारे छलफल

यूएसएनपीआरसीको छैटौं वार्षिक सम्मेलनमा नेपालको उच्च शिक्षाका संस्थागत यथार्थताबारे छलफल

यूएस-नेपाल पोलिसी रिसर्च सेन्टरको छैठौं वार्षिक सम्मेलन 'नेपालको उच्च शिक्षाका संस्थागत यथार्थता: हिजो आज र भोलि' विषयमा नीतिगत र संरचनाका बारेमा बृहत् छलफल गर्दै सम्पन्न भएको छ ।

कार्यक्रमका मुख्य वक्ता त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं जापानका लागि पूर्व राजदूत केदारभक्त माथेमाले नेपालका शैक्षिक क्षेत्र सुधार्न विद्यालय र विश्वविद्यालयमा राजनीति रोक्नु पर्ने, राज्यले लगानी बढाउनु पर्ने र त्रिविविको भार कम गर्नुपर्ने बताए ।

कार्यक्रममा क्यालिफोर्निया स्टेट विश्वविद्यालयका भाइस प्रेसिडेन्ट तथा डिन प्रोफेसर डा. जित जोशी, द आर्टिक युनिभर्सिटी अफ नर्वेका प्रोफेसर पुरुषोत्तम बस्नेत, रोअन विश्वविद्यालय अमेरिकाका असिस्टेन्ट प्रोफेसर डा. कुल काप्री, काठमाडैं विश्वविद्यालयकी भिजिटिङ प्रोफेसर डा. सुचेता प्याकुरेल, सोगाङ विश्वविद्यालय दक्षिण कोरियाका प्रोफेसर डा. अग्निराज कोइराला र त्रिविविका पाठ्यक्रम तथा मूल्यांकनका प्रोफेसर गणेशबहादुर सिंहले प्रस्तुतीकरण गरेका थिए ।

२० जनाबाट सोधिएका प्रश्नहरूको वक्ताहरूले जवाफ दिएका थिए ।

कार्यक्रमको विषयमा र संस्थाको बारेमा कार्यकारी सचिव डा. सुमन पराजुलीले प्रकाश पारेका थिए । संस्थाका अध्यक्ष डा. राजन पन्तको सभापतित्वमा भएको कार्यक्रममा धन्यवाद मन्तव्य डा. सुरेन्द्रराज देवकोटाले दिएका थिए ।

दोस्रो सत्रमा संस्थाको गत वर्षको समीक्षा र आगामी वर्षको योजनाका बारेमा छलफल भएको थियो । कार्यक्रमको सञ्चालन तरुण पौडेल र जगदम्बा अधिकारीले गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्