०३ असार २०८३, बुधबार

पनामा पेपर्स 'लिक' प्रकरण: एमिक पार्टनर्सबारे किन सोधियो ऐश्वर्यालाई ?

पनामा पेपर्स 'लिक' प्रकरण: एमिक पार्टनर्सबारे किन सोधियो ऐश्वर्यालाई ?

पनामा पेपर्सका ‘लिक’को विषय फेरि चर्चामा आएको छ । यसमा बलिउड अभिनेता अमिताभ बच्चन, ऐश्वर्य रायसमेत कैयौं भारतीय हस्तीको नाम जोडिएर कर छलेको आरोप लागेको थियो । 

यही सिलसिलामा ऐश्वर्यालाई इन्फोर्स्मेन्ट डाइरेक्टोरेट (ईडी)ले बोलाएर सोधपुछ गरेको थियो । लामो समयसम्म गरिएको सोधपुछका क्रममा प्रश्नको लामो सूची थियो । 

उनीसँग सोधिएको केही प्रश्नहरू बाहिरिएको छ । स्रोतका अनुसार ईडीका अधिकारीहरूले ऐश्वर्यासँग एमिक पार्टनर्सका बारेमा सोधिएको थियो । साथै त्यो कम्पनीसँग उनको सम्बन्ध के थियो भन्ने पनि सोधिएको थियो । 

एमिक पार्टनर्स सन् २००५ मा ब्रिटिस भर्जिन आइसल्याण्डमा सम्मिलित र पंजीकृत कम्पनी थियो । त्यो कम्पनीसँग ऐश्वर्याको सम्बन्ध के थियो ? सो कानूनी फर्मबारे थाहा छ कि छैन जो मोसेक फोन्सेकाले कम्पनीलाई पञ्जीकृत गरेका थिए ?लगायतका प्रश्नहरू गरिएको थियो । 

पनामा पेपर्समा चलचित्रकर्मी र उद्योगीसहित ५०० भारतीयको नाम समावेश छ । 

उनीहरूलाई कर छलेको आरोप लागेको थियो । पनामा पेपर्स लिक भएपछि अमिताभले आफूले भारतीय नियमअनुसार नै विदेशमा धन पठाइएको बताएका थिए । 

‘ट्याक्स हेवन’ भनेर चिनिने देश पनामाको एक ल फर्म मोसेक फोन्सेका ४० वर्षको डाटा २०१६ अप्रिल ३ लिक भएको थियो । यसमा विश्वभरका धनी र प्रभावशाली व्यक्तिहरूले कर छल्न पैसा अफशोर कम्पनीमा लगाइरहेको भन्ने खुलासा भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्