२३ जेठ २०८३, शनिबार

नर्भिकमा डा. नूतन शर्माले थालिन् पूर्णकालीन सेवा

नर्भिकमा डा. नूतन शर्माले थालिन् पूर्णकालीन सेवा

वरिष्ठ प्रसूति तथा स्त्रीरोग एवम् टेस्टट्युब बेबी विशेषज्ञ डा. नूतन शर्माले नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्णकालीन सेवा शुरू गरेकी छन् । 

डा. शर्मा करीब १५ वर्षदेखि ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा कार्यरत थिइन् । 

अल्का अस्पतालमा आफ्नै फर्टिलिटी सेन्टरसमेत सञ्चालन गर्दै आएकी उनले मंसिर १ गतेदेखि अल्का अस्पतालसँगको सहकार्य अन्त्य गर्दै नर्भिकमा पूर्ण रुपमा सेवा शुरू गरेकी हुन् । 

काठमाडौंैको थापाथलीस्थित नर्भिक अस्पतालमा सञ्चालनमा आएको नर्भिक आईभीएफ सेन्टरमार्फत डा. शर्माले स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीको उपचार सेवा शुरू गरेको जानकारी दिइन् । अल्काको आईभीएफ सेन्टरसमेत डा. शर्माले नै शुरू गरेकी थिइन् ।  

स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीलाई आधुनिक सुविधासहित थप उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नर्भिक अन्तराष्ट्रिय अस्पतालमा आबद्ध भएको डा. शर्माले बताइन् । 

अल्कामा करीब १५ वर्षभन्दा बढी समय बिरामीको सेवा गरेकी शर्माले प्रसूति तथा स्त्री रोगका साथै बाँझोपनसम्बन्धी समस्या भएका बिरामीलाई नर्भिक हस्पिटलबाट अझै परिस्कृत एवं उच्चस्तरीय सेवा दिने बताइन् । 

नर्भिक आईभीएफ सेन्टरमा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरको मोडुलर ओटी र जेनेटिक ल्याबसहितको टेष्टट्युब बेबी सेवा सञ्चालन भएकाले बिरामीले तुलनात्मक रुपमा थप उच्चस्तरीय सेवा पाउने डा. शर्माको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्