२२ जेठ २०८३, शुक्रबार

मोदीले प्रयागराजका १६ लाख महिलालाई दिए हजार करोड भारु

पुस ६, २०७८
मोदीले प्रयागराजका १६ लाख महिलालाई दिए हजार करोड भारु

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको प्रयागराजका १६ लाख महिलालाई हजार करोड भारु निकासा गरिएको बताएका छन् । महिलाहरूको सेल्फ हेल्प ग्रूपलाई उक्त रकम दिइएको हो । 

त्यस्तै उनले मुख्यमन्त्री कन्या सुमंगला योजनाका एक लाखभन्दा बढी लाभार्थीहरूलाई पनि रकम निकासा गरेका छन् । बालिकाहरूलाई त्यसबाट लाभ प्राप्त हुनेछ ।

प्रयागराजमा मोदीले अतिरिक्त पोषण सामग्री उत्पादनका २०२ वटा इकाइको शिलान्यास समेत गरेका छन् । 

उत्तर प्रदेशमा विधानसभा निर्वाचन आउन लागेको बेलामा मतदाताहरूलाई भाजपाप्रति आकर्षित पार्न मोदी र मुख्यमन्त्री योगी आदित्यनाथले विभिन्न पहल गरिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्