
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भएको चुनावको गण्डकी प्रदेशतर्फका केन्द्रीय सदस्यको मतगणना जारी छ ।
हालसम्म १००० मतगणना हुँदा कृष्णचन्द्र नेपाली र ध्रुव वाग्ले अगाडि रहेका छन् ।
२ जना निर्वाचित हुनेमा कृष्णचन्द्र नेपालीले ४८५, ध्रुव वाग्लेले ६०३, रेशम बानियाँले ४०० र सोभियतबहादुर बस्नेतले ४३० मत पाएका छन् ।
१ जना निर्वाचित हुने महिला केन्द्रीय सदस्यतर्फ सरस्वती अर्यालले ५७५ र विष्णु पाण्डेले ३६५ मत पाएका छन् ।