१६ असार २०८३, मंगलबार

विश्वप्रकाश शर्माको नयाँ नारा : बदलिएको कांग्रेस, बलियो कांग्रेस र चुनावबाट पहिलो दल कांग्रेस

विश्वप्रकाश शर्माको नयाँ नारा : बदलिएको कांग्रेस, बलियो कांग्रेस र चुनावबाट पहिलो दल कांग्रेस
फाइल फोटो

नेपाली कांग्रेसका नवनियुक्त महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावमा कांग्रेस पहिलो दलको रूपमा स्थापित हुने दाबी गरेका छन् ।

कांग्रेसको पक्षमा देशभर बढ्दै गएको भावना र युवाको आकर्षणका कारण कांग्रेसलाई पहिलो दल बन्न कसैले नरोक्ने उनको भनाइ छ । 

नेपाल प्रेस युनियनले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले प्रदेश र केन्द्रको चुनावमा पुग्दा कांग्रेसले राष्ट्रिय रूपमै नेतृत्व गर्ने बताए ।

‘२०७९ सालको वैशाखमा हुने स्थानीय तहको चुनावमा कांग्रेस पहिलो शक्ति हुनेछ, देशभर कांग्रेसको पक्षमा बढ्दै गएको प्रभाव र युवाहरूको आकर्षणका कारण कांग्रेस पहिलो शक्तिको रूपमा आउनेछ । प्रदेश र केन्द्रको रूपमा राष्ट्रिय नेतृत्व गर्ने गरी पहिलो दलको रूपमा आउने छ,’ शर्माले भने, ‘कांग्रेस पहिलो दलको रूपमा आउने कुरामा हामी दृढ छौं । बदलिएको कांग्रेस, बलियो कांग्रेस र आम निर्वाचनबाट पहिलो कांग्रेस बनाउने कुराको सन्दर्भमा हामी सम्पूर्ण रूपमा केन्द्रित हुनेछौं ।’

नेता शर्माले आगामी निर्वाचनबाट कांग्रेसको नेतृत्वमा बहुमतको सरकार बन्ने र त्यो सरकारले देशका समस्याको समाधान गर्नसक्ने दाबी गरे । कुनै सरकारले ५ वर्षको कार्यकाल पूरा गर्न नसकेको सन्दर्भ कोट्याउँदै उनले कांग्रेसको नेतृत्वमा बन्ने बहुमतको सरकारले कार्यकाल पूरा गर्ने विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्