२६ जेठ २०८३, मंगलबार

लक्ष्मी ग्रुपले मनायो ४८ औं स्थापना दिवस

लक्ष्मी ग्रुपले मनायो ४८ औं स्थापना दिवस

सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारमा मिठाई उत्पादनबाट व्यवसायिक यात्रा शुरू गरेको लक्ष्मी ग्रुपले आफ्नो ४८ औ स्थापना दिवस मनाएको छ ।

लक्ष्मी ग्रुपले हरेक वर्ष पुस ५ गते आफ्नो स्थापना दिवस मनाउने गरेको छ । लक्ष्मी ग्रुप नेपालमा  विश्वशिलो, स्थापित र व्यबस्थापित कम्पनीको रुपमा सेवा, रोजगारि प्रदान गरिरहेको र ग्राहकहरुको माग पूर्ति गरिरहेको छ ।

आज लक्ष्मी ग्रुपले ४८ वर्ष पुरा गरिरहँदा कन्फेक्शनरी, डेरी, प्लास्टिक, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स, स्टील्स अनि अन्य थुप्रै छेत्रमा लगानी गरिरहेको छ र भविष्यमा अन्य थुप्रै छेत्रमा लगानी गर्ने तयारीमा रहेको छ ।

सोमवार ४८ औं कर्पोरेट एन्ड थ्यांक्स गिभिङ डेमा लक्ष्मी ग्रुप अन्तर्गतको सम्पूर्ण कम्पनीहरुबाट कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको उद्घाटन र स्वागत मन्तव्य प्रस्तुत लक्ष्मी ग्रुपका चेयरम्यान गणेश बहादुर श्रेष्ठले गरेका थिए ।

उक्त कार्यक्रममा लक्ष्मी ग्रुपमा ५ देखि ४० वर्ष बिताएका कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो र खेलकुद सप्‍ताहमा बिजेता भएको खेलाडीहरुलाई सम्मान पनि गरिएको थियो ।

ग्रुपले हरेक वर्ष पुष ५ लाई मध्यनजर गरेर समाजप्रति उत्तरदायी भएर विभिन्न सामाजिक कार्यहरु पनि गरेको छ ।

ग्रुपले पुष ५ गते रक्तदान कार्यक्रम कार्यालयको आफ्नै आँगनमा भव्य तरिकाले संचालन गरेका थियो जसमा ६५ जना रक्तदाताहरूले आफ्नो अमूल्य रगत दिएर आफ्नो समाज प्रतिको जिम्मेवारी वहन गरेका थिए ।

यसैगरी लक्ष्मी ग्रुपले व्यवसायको सामाजिक उत्तरदायित्व अन्तर्गत भद्रकाली मन्दिर सरसफाई, मानव सेवा आश्रममा खाद्यान्न सामग्री,टोपी र मस्क वितरण, चिल्ड्रेन प्रोटेक्सन होम, सिफल र फ्युचर होप नेपाल, गोठाटारमा र पवित्र समाज सेवामा मिठाई, गिफ्ट, मास्क र स्टेशनरी समान वितरण गरेको थियो ।

यसैगरी सेरेब्रल पल्सीमा मिठाई, स्टेशनरी, डाईपर, मस्क, स्यानिटाइजर गरि ४२ वटा सामाग्रीहरु वितरण गरेको थियो ।

सो कार्यक्रममा बोल्दै लक्ष्मी ग्रुपका कार्यकारी निर्देशकले 'लक्ष्मी एकेडेमी' को पनि उद्घाटन गरेका थिए र आगामी योजनाहरुको बारेमा पनि विस्तृत रुपमा जानकारी दिएका थिए।

salt training

कमेन्ट गर्नुहोस्