०५ असार २०८३, शुक्रबार

सेनाको आयोजनामा भएको टेनिस प्रतियोगिताको समापन

सेनाको आयोजनामा भएको टेनिस प्रतियोगिताको समापन

नेपाली सेनाको आयोजना तथा नेपाल लन टेनिस संघको प्राविधिक सहयोगमा मंसिर २७ गतेबाट जंगी अड्डाास्थित त्रिभुवन आर्मी अफिसर्स क्लब लन टेनिस कोर्ट तथा दशरथ रंगशालास्थित नेपाल लन टेनिस संघको लन टेनिस कोर्टमा सञ्चालन भइरहेको फर्स्ट कोस नेसनल लन टेनिस टुर्नामेन्ट २०७८ को मंगलवार प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा जंगी अड्डास्थित लन टेनिस कोर्टमा आयोजित समारोहबीच समापन भएको छ । 

१२ वटा इभेन्टमा प्रतिस्पर्धा भएको प्रतियोगितामा १८५ जना खेलाडी सहभागी भएका थिए भने प्रतियोगितामा खुला पुरुष एकल, महिला एकल, पुरुष डबल्स्, महिला डबल्स्, विभिन्न उमेर समूहका भेट्रान्स् एकल र भेट्रान्स् डबल्स् तथा इन्टर गभर्नमेन्टतर्फ पुरुष डबल्स् विधाहरू समावेश गरिएका थिए ।

नेपालमा टेनिस खेलको विकास र विस्तारमा सहयोग पुर्‍याउने एवं टेनिस खेलाडीको सीप, कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गरिएको जनाइएको छ ।

समापन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल लन टेनिस संघका अध्यक्ष ज्योती राणा, विभिन्न टेनिस क्लबका अध्यक्ष, सञ्चारकर्मी तथा नेपाली सेनाका अधिकृतको उपस्थिति रहेको थियो ।

खेलकुद प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको विकासमा थप टेवा पुग्नुका साथै नागरिक–सैनिक सम्बन्ध सुदृढ एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्