२२ जेठ २०८३, शुक्रबार

एमसीसी खारेज गर्नुको विकल्प छैन : अध्यक्ष केसी

एमसीसी खारेज गर्नुको विकल्प छैन : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बहुसंख्यक नेपाली जनता एमसीसीको विरुद्वमा रहेका बताएका छन् ।

एमसीसीविरुद्व मंगलवार बुटवलमा आयोजित विरोध सभामा बोल्दै एमसीसी सम्झौता संशोधन होइन, खारेज गर्नुपर्ने बताए । 

एमसीसी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिको अंग भएकाले संसदबाट पास गर्नै नहुने र खारेजीको विकल्प नभएको केसीले बताए । विकासको नाममा नेपाली भूमि प्रयोग गरेर चीनविरुद्व गतिविधि चलाउने अमेरिकाको योजना विफल बनाउन राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए । 

नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य पे्रम सुवेदीले नेपालको कानूनभन्दा माथि राखेर एमसीसी ल्याउने षड्यन्त्र भइरहेको बताउँदै चीनलाई कमजोर बनाउन अमेरिकारले जबरजस्त ल्याउन खोजेको एमसीसी पूर्णरूपले खारेज गर्नुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्