×

NMB BANK
NIC ASIA

बहसमा नयाँ राजनीतिक शक्ति

वैकल्पिक राजनीतिको अंकुरण र यसमाथिको प्रहार

पुस ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

संसारको एक मात्र अपरिवर्तनीय नियम भनेको परिवर्तन हो, जसले आफ्नो परिवर्तनको धर्म कहिल्यै छाडेन र छाड्दैन । जीवरुपी मानवकै कुरा गर्दा हिजोका आदिमानवबाट आजको दिनसम्म आउँदाका परिवर्तनको शृंखला हेर्दा मानव जीव कति परिवर्तनरूपी यथार्थबाट गुज्रेको छ भनेर छर्लङ्ग हुन्छ ।

Muktinath Bank

यस अर्थमा हेर्ने हो भने परिवर्तन प्रकृतिको एक यथार्थ रूप हो । समग्र प्रकृतिले नै अँगालेको सत्यता मानव जीवनले नअँगाल्ने कुरै भएन । यस अर्थमा मानव जीवनको एक ध्रुव सत्य के हो भने मानिसले भएकोभन्दा फरकपनाको कल्पना हरेक क्षण गरिरहन्छ, निरन्तर ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो कुरा मानव जीवनको हरेक पक्षमा लागू हुन्छ, चाहे ती स्वभावजन्य व्यक्तिगत इच्छा चाहना होऊन् वा आर्थिक, सामाजिक या मनोवैज्ञानिक आकांक्षा । राजनीति यो सत्यबाट अछुतो रहने कुरै भएन ।


Advertisment
Nabil box
Kumari

यस आलेखको मुख्य मर्म पनि परिवर्तन, राजनीति, नेपालमा वैकल्पिक राजनीतिको भाष्य र यो उदाउँदो भाष्य उपरको प्रहारका सेरोफेरोमा केन्द्रित छ ।

Vianet communication
Laxmi Bank

राजनीतिको मनोवैज्ञानिक पाटोबाट शुरू गरौं । आमजनता सामान्यतया शासन र शासकलाई स्वीकार गर्ने मनस्थितिमा रहन्छन् र शक्तिलाई यदाकदा मात्र चुनौती दिन्छन् । उदाहरणका लागि राणाहरूको उदय हुनु पूर्व काजी/पाण्डेहरूलाई आममानिसले स्वीकारेका थिए भने राणाहरूको उदयसँगै उनीहरू पनि स्वीकारिए ।

पछि जंग खलक नै नेपाल र नेपाल नै जंग खलक हो भन्ने मनोविज्ञान हाबी भयो भने जंग बहादुरका सन्तान नामेट भएपछि आम सर्वसाधारणले नवराणा खलकको जयजयकार गर्न थाले । तथापि वर्तमानप्रतिको असन्तुष्टिले मानिसलाई बारम्बार परिवर्तनको खोजीका लागि उद्यत पार्ने यथार्थ पनि उत्तिकै सत्य हो । उदाहरणका लागि कांग्रेसको उदय जसले एउटा नवभाष्यको सिर्जना गर्न विश्वभर हुँदै गरेको उपनिवेशवादको अन्त्यसँगैको आममानिसको परिवर्तनको चाहनालाई पुँजीका रूपमा प्रयोग गर्दै आफूलाई सर्वसाधारणमाझ विकल्पका रूपमा स्थापित गरायो र आमसर्वसाधारणले उसलाई गतिलो साथ दिए । 

मानिस यथास्थितिमा अडिग रहँदैन र सामान्य परिवर्तनले पनि उसको स्वभाव र आकांक्षामा परिवर्तन ल्याउँछ भन्ने कुरा ‘सबै नेपाली पन्च र सबै पन्च नेपाली’ भन्ने कथ्यविरुद्ध कांग्रेस र कांग्रेसका विकल्पका रूपमा तत्कालीन कम्युनिस्ट घटक र नजिकको विगतमा पहिलो संविधानसभा निर्वाचनमा माओवादीको उदयले मानिसको परिवर्तनको मनोवैज्ञानिक पाटोलाई छर्लङ्ग पार्दछ । 

यी परिवर्तनमा मनोवैज्ञानिक मात्र नभएर सामाजिक, सांस्कृतिक र आर्थिक पक्षको भूमिका पनि उत्तिकै छ, अझ बाह्य प्रभावको कुरै नगरौं । 

देखिँदा सामान्यतया नेपालीहरू कि कांग्रेस छन् कि कम्युनिस्ट भन्ने दृश्य देखिन्छ तर त्यो अर्धसत्य मात्र हो । हो यी दलहरूका कार्यकर्तापंक्ति लामै छ । झण्डै ८–१० लाखकै हाराहारी होलान् तर मतदाताको संख्या यिनलाई समग्रमा जोड्दाभन्दा झण्डै ८–१० गुणै बढी हुन आउँछ । गत निर्वाचनमा मतदानयोग्य नेपालीको संख्या १ करोड ५४ लाखको हाराहारीमा थियो ।

यी पार्टीपंक्तिमा पहुँच नभएका सामान्य आस्थाका भरमा अमुक पार्टीलाई मतदान गर्ने सर्वसाधारणले विकल्पका कुरा थोरै बहुत गर्न थालेका छन् । जबकि हिजो कांग्रेस वा कम्युनिस्ट बाहेकका कुरा सुन्न पनि हुन्न भन्ने मनोविज्ञान हाबी थियो । यस्ता आमसर्वसाधारणले चाहे के हुनसक्छ भन्ने बुझ्न धेरै पर जानु पर्दैन ।

पहिलो संविधान सभाको निर्वाचनमा एक निर्वाचन क्षेत्रमा बाहेकको काठमाडौंका सबै क्षेत्रहरूमा माओवादीले गरेको ‘क्लिन स्वीप र दोस्रो संविधानसभा चुनावसम्म आइपुग्दाको सोही क्षेत्रमा माओवादीको पत्तासाफले छर्लङ्ग बेलीविस्तार लाउँछ । यी २ चुनावबीच भएका माओवादीका गतिविधि, विकसित घटनाक्रम लगायत अन्य धेरै आन्तरिकदेखि बाह्य पक्षको समग्र विश्लेषण विनाको निचोड अलि कच्चा नै रहन्छ ।

आजको चस्माबाट विकल्प

अब कुरा गरौं पछिल्लो अवधिको विकल्पको चर्चा अनि आम सर्वसाधारणको विकल्प प्रतिको कछुवा गतिको तर लगातारको झुकावको । अघिल्लो स्थानीय निर्वाचनले पहिले कमैले सुनेका २ दललाई काठमाडौंमा निकै गतिलो मत प्राप्त भयो र उनीहरूले आफूलाई साझा र विवेकशील पार्टीका रूपमा सामान्य परिचयको अंकुरण गराए । लगत्तैको आमनिर्वाचन अघिको यी २ पार्टीको मिलापसँगै आफूलाई वर्षौंदेखिको जकडिएको राजनीतिक ऐठनको विकल्पका रूपमा स्थापित गराउने उद्घोषसहित चुनावमा होमिए । सोचेजति सफलता नपाए पनि प्राप्त सफलता कम आक्न नमिल्ने नै थियो ।

उपत्यकामा माओवादीलाई समेत पछि पार्दै तेस्रो ठूलो शक्ति र समग्रमा छैटौं शक्तिका रूपमा उदय हुनु आफैंमा चानचुने उपलब्धि हैन । यो नतिजाले आम सर्वसाधारणले थोरै भए पनि विकल्पका रूपमा हेर्न थाले विवेकशील साझा पार्टीलाई । लगत्तै भएको पार्टी फुटले सो आशामा धक्का अवश्य दिएको हो, जसलाई पछि पुनः एकीकरण गरेर लागेको खत मेटाउने प्रयास गरे । परिणाम त देशका कतिपय स्थानहरूमा स–सानो भए पनि समितिहरू गठन हुन थाले र थोरै भए पनि कार्यकर्ता र पार्टीप्रति सद्भाव साथै चासो राख्नेहरूको थोरैको संख्यामा भए पनि वृद्धि हुन थाल्यो ।

अहिलेको परिवेशमा आम सर्वसाधारण आफूलाई कांग्रेस वा कम्युनिस्टप्रति अतिवितृष्णा हुँदाहुँदै पनि आफूलाई यी पार्टीइत्तर हो भनी परिचय बनाउन चाहँदैनन् । यो कुनै ती पार्टीप्रतिको विश्वास वा भरोसाभन्दा पनि नेपालमा कांग्रेस वा कम्युनिस्ट नभई जीवन गुजारा गर्न फलामको चिउरा चपाउनु जस्तै भएर हो । राज्यलाई तिर्ने कर तिरेर प्राप्त गर्नुपर्ने सुविधा र आम नागरिकको न्युनतम अधिकार समेत आर्थिक बिचौलिया वा अमूक पार्टीको अगुवाको फेरो नसमाती असम्भवप्रायः भएको अवस्थामा आफूलाई सो राजनीतिक जन्जिर बाहिरको पात्रका रूपमा खडा गर्नु अनि तेसमा अडिक रहन सक्नु असम्भव नभए पनि सहज पक्कै छैन ।

सामान्य परिस्थितिमा गरिने नागरिकताको सिफारिस होस् या जग्गा पासको कागज, सर्जमिन होस् या मुचुल्का बनाउने काम सबैका लागि आर्थिक नभए राजनीतिक बिचौलियाको सहायता लिनुपर्ने तीतो यथार्थ छ ।

अझ विषम परिस्थितिमा मोटरसाइकलमा हाल्ने पेट्रोल होस् या खाना पकाउने ग्यास पाउन त ठूलै पापड बेल्नुपर्ने दृश्य प्रशस्तै देख्न, सुन्न वा भोग्न पाइन्छ । यस्तो अवस्थामा आफ्नो सामाजिक जीवनलाई नै असहज बनाउन सक्ने वैकल्पिक पार्टीको शुभेच्छुक मात्र भन्दा पनि कुन हदसम्मको सामाजिक बहिष्करणको शिकार हुनुपर्ने हो भन्ने त्रासले आफूलाई वैकल्पिक आस्थाप्रति झुकाव राख्ने जनताले समेत खुलेर भन्न सक्ने वातावरणको निर्माण भएको छैन । यद्यपि पछिल्लो अवधिमा आफूलाई वैकल्पिक पार्टीको रूपमा स्थापना गराउन संघर्षरत विवेकशील साझाप्रति मानिसले ठाडा कान लगाउन थालेको अवश्य छ । 

चुनावको प्रसंग विना नै हिजो झिँगा जति पनि नगनेका रवीन्द्र मिश्रलाई ‘एउटा सानो पार्टी सम्हाल्न नसक्नेले कसरी देश सम्हाल्लान् ?’ भनेर उहीँ मिश्रलाई करीब ८०० मतको झिनो अन्तरले पराजित गरेका गणेशमान पुत्र प्रकाशमान सिंहले भन्न भ्याइसके । प्रजातान्त्रिक कहलिएको कांग्रेस भित्रको अप्रजातन्त्रविरुद्ध बोल्न हिच्किचाउने सिंहले सायद आउँदै गरेको चुनावमा आफूलाई सुरक्षित राख्न मिश्रलाई आजैबाट आरोप र घोचपेच गर्न थालेका हुन् । यो विवेकशील साझा पार्टी र मिश्रलाई चुनौतीका रूपमा स्वीकार गरेको एउटा संकेत हो ।

आममानिसको चाहना परिवर्तनसँगै आफू पनि परिवर्तन हुनुपर्छ भन्ने कथ्यलाई अंगिकार गर्दै केही समयअघि संघीयता खारेजी र धर्मनिरपेक्षताउपर जनमतसंग्रहको माग गर्दै ‘विचारमाथि देश’ नामको दस्तावेज सार्वजनिक भएसँगै ठूला कहलिएका पार्टीका आकलझुक्कल नेताहरू कहिले प्रसंगवश त कहिले बेप्रसंग संघीयता घाँडो भएको र धर्मनिरपेक्षता आयातीत भएको भनेर लर्बराउँदै बोल्न शुरू गरेका छन् ।

ठूला र स्थापित पार्टीका नेताहरू औपचारिक फोरम र आधिकारिक दस्तावेजमा यी मुद्दाविरुद्ध बोल्न नसकेको अवस्थामा प्रचलित राजनीतिक भाष्यलाई चुनौती दिँदै र आफ्नो राजनीतिक भविष्यउपर खतरा मोलेर मिश्रले सार्वजनिक गरेको दस्तावेजले सिंगो मुलुकमा एक प्रकारको तरंग नै ल्यायो ।

आममानिसमा सो दस्तावेजको धर्मनिरपेक्षतामा जनमत संग्रह र संघीयता खारेजीको मुद्दाले स्थान पाउँदै गर्दा विवेकशील साझाइतरका पार्टीमा अलिकति भए पनि तरङ्ग आउनु अस्वाभाविक होइन तर गुणात्मक रूपमा सोभन्दा ठूलो तरङ्ग पार्टीभित्रकै एक खेमामा आएको देख्दा पार्टीप्रतिका शुभेच्छुक र सद्भाव राख्ने आम सर्वसाधारणलाई भने नराम्ररी तीतो भएको देख्न र बुझ्न त्यति गाह्रो छैन ।

भाषा एउटा यस्तो हतियार हो, जसले सजिलै गलतलाई सही र सहीलाई गलत सावित गर्नसक्छ । विचरा डुब्न लागेको मान्छेलाई गोहीले आफ्ना बंगाराले समातेर पानी बाहिर तैर्‍यायो । भाषाको चमत्कार नै यही हो । भाषाको चामत्कारिक गुणले माछालाई पानीबाटै तैर्‍याउनु उपकारको रूपमा प्रस्तुत गर्ने क्षमता राख्छ, जबकि गोहीको बङ्गाराको चेपाइमै माछाको मृत्यु भइसकेको हुनुपर्छ, नभए पनि पानी बाहिर आएपछि उसको मरण अवश्यम्भावी छ ।

हो यही भाषाको चतुर्‍याइँ प्रयोग गर्दै उपलब्ध टेलिभिजन कार्यक्रम होस् या पत्रपत्रिकाको उपयोग गरेर मिश्रले प्रस्तुत गरेको दस्तावेजलाई शैतानको सिकन्जाको रूपमा प्रस्तुत गर्न उद्यत्त छन् पार्टीभित्रका नगन्य स्वघोषित नेताहरू र शब्दजालको भुलभुलैयामा दिग्भ्रमित केही शुभचिन्तकहरू ।

भ्रमको खेती र वास्तविकता

हुन पनि हो हिजो शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातबारे बोल्ने पार्टी आज धर्मनिरपेक्षताबारे जनमत संग्रह गरौं अनि गणतन्त्र खारेज गरौं भन्दैछ ।

शिक्षा स्वास्थ्यको मुद्दा बिर्सिएको हो कि भन्ने लाग्नु स्वाभाविक हो र हौवा मच्चाउनेहरूले सोही भाष्य सिर्जना गर्न जोडबल गरेका छन् तर आम जनमानसमा बुझाउनुपर्ने कुरा के हो भने संघीयता र धर्मनिरपेक्षताबारे बोल्दै गर्दा शिक्षा स्वास्थ्यबारे बोल्नै सकिँदैन भन्ने कस्तो बहुलठ्ठीपना हो ? शिक्षा, स्वास्थ्य तथा सार्वजनिक यातायात लगायत दैनन्दिनका मुद्दाहरू भनेको सधैं रहिरहने कुरा हो ।

यो विषय अमूक जनमतसंग्रह गरौं भने जस्तो कदाचित हुँदै होइन र यी २ फरक प्रसंगलाई गिजोल्नु भनेको मन्दिरको साटो विद्यालय निर्माण गरौं भनेर मन्दिर बनाउँदा विद्यालय बनाउन पाइँदैन वा सकिँदैन भन्ने नजानिँदो तवरको गलत कथ्य सिर्जना गर्नु जस्तै हो । जबकि हरेक विद्यालयमा सानो भए पनि सरस्वतीको मन्दिर निर्माण गर्ने र अधिकांश मन्दिर, गुम्बा वा मस्जिदमा विभिन्न रूपको शिक्षालयको व्यवस्था गर्नु हाम्रो विशिष्ट परम्परा हो ।

कतिपय अवस्थामा त मन्दिरको आयले शिक्षालयको ढुकुटीमा ठूलो योगदान गर्दै आएको समेत छ । यस्तो परिस्थितिमा मन्दिर र विद्यालयलाई एकाअर्काका परिपूरकका रूपमा प्रस्तुत नगरेर परस्पर विरोधीका रूपमा प्रस्तुत गर्ने प्रपन्च पनि मच्चाइएको छ र ठूलो युवा जमातको सो नाराप्रति जोडदार आकर्षण भएको पनि देखिन्छ वा सो आकर्षण निर्माणको भरपुर प्रयास हुँदै आएको छ ।

युवा तातो रगत, बलियो पाखुरा, तीव्र आकांक्षा अनि युग बदल्ने तागत बोकेका परिवर्तनका बाहक हुन् । यति हुँदाहुँदै पनि यो वर्गलाई बहकाउन र दुरुपयोग गर्न तुलनात्मक रूपमा सहज हुन्छ । बहकाउ र भड्काउको प्रयासमा एउटा जमात लागेको छ, जसले समग्र वैकल्पिक राजनीतिलाई दिशाविहीन बनाउने र युवामाझ पलाउँदै गरेको आशाउपर तुषारापात गराउने संगठित प्रयास गर्दै गरेको देख्न सकिन्छ ।

पार्टी कब्जाको घोषित नीतिसहित साझासँग पार्टी एकताको प्रपञ्च मच्चाएका एकाध नेताहरूको दुस्साहस देख्दा यो अझ प्रस्ट हुँदै आएको छ । कोही आफ्नै नेतृत्वलाई रसातलमा पुर्‍याउन लालायित छन् त कोही तथाकथित पढे–लेखेका र देशविदेश देखे बुझेकाहरू जुन रूपमा मिश्रविरुद्ध खनिएको देखिन्छ, यसले के प्रस्ट्याउँछ भने यिनको अध्ययनको धरातल कमजोर छ वा यिनीहरू वैकल्पिक पार्टीको अंकुरण निमोठ्न प्रयोग गरिएका पात्र हुन । यस्ता पात्रहरूको उदयका द्वार, पार्टीमा स्थापित हुने यिनका माध्यम र पार्टीले एउटा स्पष्ट दिशा लिने संकेत देखिएपछि पार्टी परित्यागका नाटक मञ्चन देख्दा लाग्छ, यिनीहरू यथासम्भव वैकल्पिक आस्थाको क्षति गर्न र आम सर्वसाधारणलाई दिग्भ्रमित पार्न आए, आफ्नो भूमिका निभाए र आज भूमिका सकिएसँगै बहिर्गमनको बाटो समाते ।

सके मास्ने नसके भाँच्ने शैलीमा आएका केही पठित मूर्खहरू, जो केही अनलाइन समाचारका माध्यमबाट आफू छोड्नुका कारणका रूपमा पार्टीले समात्ने भनेको मुद्दा छाडेको तर नसमात्नुपर्ने मुद्दा गिजोल्न अग्रसर भएको आरोप लगाउँदै पार्टी परित्याग गरेको घोषणा कतै कविता त कतै गजल वा लेखका माध्यमबाट गर्दैछन् । खासमा पिलो जति पाल्यो त्यति खतरनाक हुन्छ भन्ने सामान्य तथ्यसम्म नबुझेका, बुझ पचाएका वा बुझ्न नचाहेका यस्ता पात्रहरू सधैं अवसरकै खोजीमा चराले चारो खोजे जस्तै चहार्दै हिँड्ने हो, किनकि यिनको खेती भनेको पहिले पानी धमिल्याउने र सोही धमिल्याएको पानी सग्लाउने नाममा आफ्नो विज्ञताको प्रयोगको हौवा मच्चाउने हो ।

जहाँसम्म धर्मनिरपेक्षता, सापेक्षता वा धार्मिक स्वतन्त्रता कसरी टुंग्याउने भन्ने प्रश्न छ, जबसम्म सम्पूर्ण जनमानसले आफ्नो प्रत्यक्ष सम्पन्नतामा यो विषयउपर आफ्नो राय राख्न पाउँदैन र सो राय बमोजिमको समाधान खोजिँदैन, यो विषय कार्पेटले छोपेर राखेको फोहोर जस्तै हुनेछ । यथासम्भव चाँडो आमनेपालीको प्रत्यक्ष संलग्नतामा सो विषय टुंगोमा पुर्‍याई यी मुद्दालाई चीरकालसम्मका समस्या हुनबाट जोगाउनु आजको आवश्यकता हो । आम नागरिकको जीवनसँग परोक्ष रूपमा जोडिएका यस्तो गहन विषयलाई भविष्यको गर्व र भावी पिँढीको अमनचयन खलल पुर्‍याउने पेण्डोराज बक्सका रूपमा छाड्नु आफ्ना सन्ततिको भविष्यलाई आघात पुर्‍याउनु हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x