०३ असार २०८३, बुधबार

बेहुला जर्मनीको बेहुली रुसकी तर, बिहे हिन्दू परम्पराअनुसार !

पुस ७, २०७८
बेहुला जर्मनीको बेहुली रुसकी तर, बिहे हिन्दू परम्पराअनुसार !

जर्मनीका बेहुला र रुसकी बेहुलीले भारत आएर हिन्दू परम्पराअनुसार बिहे गरेका छन् । 

जर्मनीका क्रिस मुलरले गुजरातमा आफ्नो रुसी प्रेमिका जुलिया उख्वाकातिनासँग बिहे गरेका हुन् । 

क्रिस एक जर्मन व्यवसायीका छोरा हुन् । साथै जर्मन र सिंगापुरस्थित कम्पनीका सीईओ पनि हुन् । 

‘मसँग सबै थियो, ठूलो घर, महँगो कार र धेरै पैसा तर पनि मन भने उदास थियो, खालीपन थियो,’ उनले भने, ‘त्यसपछि मैले सबै छाडेर एउटा स्पोर्टस् कार किनेँ र विश्वयात्रामा निक्लिएँ ।’

यसैक्रममा क्रिसको रुसी युवती जुलियासँग भियतनाममा भेट भयो । त्यहीँ उनीहरू राम्रो साथी बनेका थिए । त्यो साथीत्व प्रेममा बदलियो । 

जुलिया योगा प्रशिक्षक हुन् । 

क्रिसका अनुसार विश्व भ्रमणमा निस्किएका बेला उनलाई हिन्दू संस्कृति र सभ्यताले आकर्षित गरेको थियो । उनले भने, ‘भारत मलाई घर जस्तो महसूस हुन्थ्यो, त्यसैले मैले यहीँ विवाह गर्ने निधो गरेँ ।’

क्रिस र जुलिया सन् २०१९ मा गुजरातको सरोदिया गाउँमा आएका थिए, त्यतिबेला उनीहरूलाई यो ठाउँसँग लगाव बढ्यो । र, यहीँ उनीहरूले विवाह गरे । 

salt training

कमेन्ट गर्नुहोस्