१३ असार २०८३, शनिबार

भारतमा समोसा यतिधेरै लोकप्रिय, खिचडी पनि रोजाइमा

पुस ७, २०७८
भारतमा समोसा यतिधेरै लोकप्रिय, खिचडी पनि रोजाइमा

खानपानमा भारतमा विविधता र प्राथमिकता पाइन्छ । भारतीयहरू स्वादिष्ट खाना बनाएर खान्छन् ।

भारतीयहरूको रोजाइमा के–के खाना पर्छन् ? स्विगीको एक तथ्यांक अनुसार भारतीयको रोजाइमा सबैभन्दा धेरै समोसा परेको छ ।

रिपोर्टअनुसार भारतीयले सन् २०२१ मा सबैभन्दा धेरै समोसा खाएका छन् । सबै खानपिनमध्ये समोसा ५० प्रतिशतले खाएका छन् ।

केही भारतीयले आफ्नो रोजाइमा खिचडी समेत राखेका जनाइएको छ । भारतीयको रोजाइमा पावभाजी, गुलाब जामुन पनि परेको रिपोर्टमा उल्लेख छ ।

भारतीयले बिरयानी र डोसा समेत मन पराएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

भारतीयले रातिको समयमा पपकर्न, चील–गार्लिक ब्रेड, फ्रेन्च फ्राइज जस्ता परिकार रोज्ने गरेका जनाइएको छ ।

तरकारी र फलफूलमा भारतीयको रोजाइमा टमाटर, केरा, प्याज, आलु, हरियो खुर्सानी परेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्