१० साउन २०८३, आइतबार

बाबुराम भट्टराईले भने- एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी छ

बाबुराम भट्टराईले भने- एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी छ

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको टिप्पणी गरेका छन् । 

बुधवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष भट्टराईले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संसद अवरुद्ध गरिरहेको एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको बताएका हुन् । 

उनले एमालेले अब पनि संसद बैठक सुचारु नगरे जनता आफैंले दण्डित गर्ने दाबीसमेत गरे । 

अध्यक्ष भट्टरार्ईले महिनौंसम्म संसद अवरुद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्कसमेत गरे । 

‘बैठक नै चल्न नदिएर अवरोध गर्ने भनेको लोकतन्त्रलाई असफल पार्ने कुरा हो । संविधानलाई असफल पार्ने कुरा हो,’ उनले भने, ‘सरकारले अग्रसरता लिने भनेको त उहाँहरूलाई यस्तो अवरोध जुन गरिराख्नु भएको छ, त्यसलाई दण्डित गर्न मात्रै बाँकी छ । जनताले दण्डित गरोस् भन्ने हाम्रो भनाइ थियो ।’

salt training

कमेन्ट गर्नुहोस्