१९ असार २०८३, शुक्रबार

स्थानीय तहको निर्वाचन २० वैशाखमा गर्ने प्रस्ताव

पुस ८, २०७८
स्थानीय तहको निर्वाचन २० वैशाखमा गर्ने प्रस्ताव

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २० वैशाख २०७९ मा गर्ने तयारी गरेको छ । स्थानीय तहतर्फका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल ५ जेठमा सकिँदै छ ।

कार्यकाल सकिनुअघि नै स्थानीय तहलाई नेतृत्व दिनेगरी आयोगले निर्वाचन गर्न तयारी थालेको हो ।

प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेकाले २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी आयोगले तयारी गरिरहेको जानकारी दिए ।

‘देशको संविधान र निर्वाचन कानुनमा कार्यकाल सकिएपछि म्याद थपको व्यवस्था छैन, त्यसकारण जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै आयोगले स्थानीय तहको निर्वाचन गर्नेगरी तयारी गरिरहेको छ,’ काभ्रेको धुलिखेलमा आयोजित दुईदिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा थपलियाले भने ।

त्यसका लागि आयोगले छिट्टै नै सरकारसँग परामर्श गर्नेसमेत उनले जानकारी दिए । यसअघि भने आयोगले सरकारसँग स्थानीय तहको निर्वाचनका लागि ५ चैतको मिति प्रस्ताव गरेको थियो । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्