०९ असार २०८३, मंगलबार

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशमा पश्चिमी वायुको आंशिक  प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार बिहान पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ।
यस्तै दिउँसो पहाडी भभागहरूमा  आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। यस्ते प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै राति देशका सुदूर पश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भूभागहरूमा  आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्