३२ असार २०८३, बिहीबार
कांग्रेसको प्रदेश अधिवेशन

झडप र तनावपछि बिहानबाट जनकपुरमा मतदान शुरू, देउवा र निधि पक्ष आमनेसामने

झडप र तनावपछि बिहानबाट जनकपुरमा मतदान शुरू, देउवा र निधि पक्ष आमनेसामने

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत प्रदेश २ का सभापति र पदाधिकारी चयनका लागि बिहीवार मतदान शुरू भएको छ ।

धनुषाको जनकपुरधाममा बिहीवार बिहानदेखि मतदान शुरू भएको हो ।

प्रदेशको सभापतिका लागि संस्थापन पक्षबाट कृष्णप्रसाद यादव र डा. शेखर कोइरालाको समर्थनमा विमलेन्द्र निधिका उम्मेदवार राम सरोज यादव प्रतिस्पर्धामा छन् ।

बुधवार नै मतदान गराउने तयारी भएपछि हिजो दुई पक्षबीच सामान्य झडप भएको थियो । आफ्नो प्यानललाई जिताउन गृहमन्त्री बालकृष्ण खाण र निधि जनकपुरमा सक्रिय छन् ।

अन्य प्रदेशमा अधिवेशन सम्पन्न भएपनि विवादका कारण प्रदेश २ मा रोकिँदै आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्