११ साउन २०८३, सोमबार

वृद्ध भएकाले रिहा हुन पाउनुपर्ने भन्ने चार्ल्स शोभराजको रिटमाथि सर्वोच्चमा सुनुवाइ

वृद्ध भएकाले रिहा हुन पाउनुपर्ने भन्ने चार्ल्स शोभराजको रिटमाथि सर्वोच्चमा सुनुवाइ
फाइल फोटो

आफूले उमेरका कारण कैद सजाय मिनाहा हुनुपर्ने मागसहित चार्ल्स शोभराजले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा बिहीवार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ ।

शोभराजका तर्फबाट दायर मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ भएको हो ।

कारागार नियमावलीमा ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली नागरिकलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गरी रिहा गर्न सकिने उल्लेख छ ।

विदेशी नागरिकको हकमा नियमावली नबोले पनि त्यही सुविधाको माग गर्दै शोभराज सर्वोच्च अदालत पुगेका हुन् ।

फ्रान्सेली सिरियल किलर शोभराज सन् २००३ देखि नेपालमा जेल जीवन बताइरहेका छन् । उनीमाथि नेपालमा २ विदेशी नागरिकको हत्या गरेको अभियोग छ ।

 

salt training

कमेन्ट गर्नुहोस्