
लमजुङ जिल्लामा ७ हजार ७५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् ।
जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि शुरू भएको परिचयपत्र बनाउन थालिएको हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रका अनुसार पुरुष ४ हजार ३८८ तथा महिला ३ हजार ३३८ जनाले राष्ट्रिय परिचयपत्र बनाएका हुन् ।
चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि हालसम्म २ हजार ३७६ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । यीमध्ये ९८७ महिला र १ हजार ३८९ पुरुष छन् ।
गत आवमा ५ हजार ३८० जनाले राष्ट्रिय परिचयपत्र बनाएका थिए । यीमध्ये महिला २ हजार ३८१ र पुरुष २ हजार ९९९ रहेका मिश्रले बताए ।
४/४ महिनामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने भनिए पनि हालसम्म सबै नागरिकले परिचयपत्र प्राप्त गर्न सकेका छैनन् । गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारीले परिचयपत्र बनाउँदै जिल्लामा अभियानको शुुरूआत गरेका थिए । परिचय पत्रमा व्यक्तिगत र जैविक (बायोमेट्रिक) गरी २ विवरण ‘इन्ट्री’ गरिने छ ।
१६ वर्ष उमेर पुगेका सबै नेपालीले राष्ट्रिय परिचयपत्र बनाउन पाउने छन् ।