भारतमा अतिविशिष्ट व्यक्ति (भीआईपी) हरूको सुरक्षाका लागि सीआरपीएफले महिला कमान्डो खटाउने भएको छ ।
गृहमन्त्री अमित शाह, कांग्रेस नेताहरू सोनिया गान्धी र प्रियंका गान्धी वाड्रा तथा अन्य उच्च जोखिमयुक्त व्यक्तिहरूका लागि महिला कमान्डो खटाइने भएको हो ।
आउँदै गरेका विधानसभा निर्वाचनमा नेताहरूसँगै महिला कमान्डो हुनेछन् ।
सेन्ट्रल रिजर्भ पुलिस फोर्सले भीआईपी सेक्युरिटी विंगमा पहिलोपटक ३२ जना महिला कमान्डोको जत्था तयार पारेको हो । दिल्लीमा जेड प्लस सुरक्षा पाएका व्यक्तिलाई ती महिला कमान्डोहरूले सुरक्षा दिनेछन् ।
उनीहरूले हालैका दिनमा १० हप्ताको तालिम लिएको र जनवरी महिनादेखि तैनाथ गरिने बताइएको छ ।