२० असार २०८३, शनिबार

चार्ल्स शोभराजको मुद्दामा सर्वोच्चले विपक्षीसँग माग्यो कारण

चार्ल्स शोभराजको मुद्दामा सर्वोच्चले विपक्षीसँग माग्यो कारण

उमेरका कारण कैद सजाय मिनाहा हुनुपर्ने मागसहित चार्ल्स शोभराजले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश  जारी गरेको छ ।

शोभराजका तर्फबाट दायर रिटमा सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

शोभराजले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कारागार व्यवस्था विभाग लगायतलाई विपक्षी बनाएका छन् ।

कारागार नियमावलीमा ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली नागरिकलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गरी रिहा गर्न सकिने उल्लेख छ ।

विदेशी नागरिकको हकमा नियमावली नबोले पनि त्यही सुविधाको माग गर्दै शोभराज सर्वोच्च अदालत पुगेका हुन् ।

फ्रान्सेली सिरियल किलर शोभराज सन् २००३ देखि नेपालमा जेल जीवन बताइरहेका छन् ।

तीन दर्जनभन्दा बढी विदेशी नागरिकको हत्या गरेका शोभराजमाथि नेपालमा २ विदेशी नागरिकको हत्या गरेको अभियोग छ ।

salt training

कमेन्ट गर्नुहोस्