पाकिस्तान र तालिबानबीचको मित्रता संसारलाई थाहा छ ।
तर अहिले उनीहरूबीचको मतभेद सार्वजनिक भएको छ । सीमाका विषयमा उनीहरूबीच विवाद भएको भिडियो हालै सार्वजनिक भएको छ ।
अफगान अधिकारीहरूले दिएको जानकारीअनुसार, अफगानिस्तानमा तालिबान सैनिकहरूले दुई देशको सीमामा सुरक्षाघेरा बनाउन खोज्ने पाकिस्तानी सैनिकहरूलाई रोकेका हुन् ।
अफगानिस्तानले विरोध गरेको भए पनि पाकिस्तानले २६ सय किलोमिटर सीमाको अधिकांश भागमा घेराबन्दी गरेको छ ।
संसारभरिका इस्लामिक मुलुक अफगानिस्तानमा देखिएको मानवीय संकटमा चर्चा गर्न भेला भएको बेलामा यो घटना सार्वजनिक भएको हो ।
पाकिस्तानले घेराबन्दी गरेको ठाउँमा पहिले पनि सीमांकन विवाद भएको थियो । बेलायती उपनिवेशकालमा गरिएको सीमांकनका कारण परिवार र जातजातिलाई फरक फरक देशमा विभाजित गरेको छ ।
अफगान रक्षा मन्त्रालयले सीमामा घेराबन्दीलाई गैरकानूनी भनेको छ ।
पाकिस्तानी सेनाले यस विषयमा प्रतिक्रिया दिएको छैन ।
A clash between Taliban and Pakistani troops.
— Hashim Wahdatyar (@HashimWahdatyar) December 22, 2021
Taliban’s provincial chief of intelligence encroached and seized a border checkpoint from Pakistani soldiers.
Pakistan will pay more prices. pic.twitter.com/xNGJFv7js3