०८ असार २०८३, सोमबार

गाईका विषयमा केहीलाई आपत्ति भए पनि हाम्रो लागि गोमाताको महत्त्व छ : मोदी

पुस ८, २०७८
गाईका विषयमा केहीलाई आपत्ति भए पनि हाम्रो लागि गोमाताको महत्त्व छ : मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीवार बनारस पुगेका छन् । 

उनले करखियाँवमा २१ सय करोड भारु लगानीका परियोजनाहरूको शिलान्यास गरेका छन् । त्यहाँ एक जनसभालाई उनले ३५ मिनेटको सम्बोधन पनि गरेका छन् । 

विपक्षीहरूको आलोचना गर्दै उनले किसान र पशुपालकहरूलाई सम्बोधन गरे । 

उनले भने, ‘हाम्रोमा गाई र गोबर धनको कुरालाई केही मानिसले अपराध बनाएका छन् । गाई केही मानिसका लागि अपराध भए पनि हाम्रो लागि गाई माता हुन्, पूजनीय हुन् ।’

विकास देखेर विपक्षीहरूलाई कष्ट हुने गरेको मोदीले बताए । काशी र उत्तर प्रदेशको विकासको कुरा झिक्दा केही मानिसलाई बढी कष्ट हुने उनको भनाइ छ । त्यस्ता मानिसले उत्तर प्रदेशको राजनीतिलाई जाति, वर्ग र धर्मको दृष्टिकोणले हेर्ने गरेको उनले बताए । 

मोदीले थपे, ‘देश साढे आठ लाख करोड भारुको द्रध उत्पादन गर्छ । यो राशि गहुँ र चामलको उत्पादनभन्दा पनि बढी हो । किसानहरूले दूधबाट मात्र नभई गोबरबाट कमाइ गर्न सक्छन् । बायोग्यास प्लान्टबाट मलखाद बन्छ र कम मूल्यमा किसानहरूलाई उपलब्ध हुन्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्