
‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिक तथा व्यापार विविधिकरण’ नाराका साथ बिहीवारदेखि बुटवलमा बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला शुरू भएको छ ।
उद्योग व्यापार संघ बुटवलको आयोजनामा देवीनगरमा सञ्चालित मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे ।
मेला उद्घाटन गर्दै नगर प्रमुख सुवेदीले पूर्वाधार विकासले सम्पन्न भएका कारण बुटवल उपमहानगर लगानीमैत्री शहर बनेको बताए ।
विश्व बैंकको सूचकांकले नै बुटवल लगानीका लागि सुरक्षित नगरमा सूचीकृत भएको उल्लेख गर्दै सुवेदीले बुटवलमा आउँदो ३ वर्षमा साढे ६ अर्ब रुपैयाँ लगानी हुने सुनिश्चित भइसकेको बताए ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र विना मुलुकको आर्थिक बिकास र समृद्धि सम्भव नहुने भएकाले राष्ट्रिय पुँजीमार्फत औद्योगिक र व्यापार विविधिकरणमा सरकारको ध्यान जानुपर्ने बताए ।