
सर्वोच्च अदालतले ‘बिकिनी किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज गुरुमुखलाई ज्येष्ठ नागरिकले पाउने सुविधा पाउनुपर्ने हो कि होइन ३ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले बिहीवार सुनुवाइ गर्दै ३ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
आफ्नो कैद अवधि भुक्तान भइसकेको दाबीसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा अदालतबाट आदेश भएको हो ।
रिट निवेदनमा ज्येष्ठ नागरिकले पाउनुपर्ने सुविधाअनुसार आफूले कैद भुक्तान गरिसकेको उल्लेख छ ।