१३ असार २०८३, शनिबार

डिजिटल बैैैंकिङमा अग्रसर हुँदै सिटिजन्स बैंक

डिजिटल बैैैंकिङमा अग्रसर हुँदै सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ Kiosk  सेवाको सुरुवात गरेको छ । बिहीबार एक समारोह मार्फत बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सेवाको उद्घाटन गरेका हुन् ।

हाललाई यो सेवा काठमाडौं उपत्यकाको दरवारमार्ग शाखाबाट उपलब्ध गराइएको र निकट भविष्यमा नै आवश्यकता अनुसार बैंकका अन्य शाखाहरुमा समेत बिस्तार गरिने योजना रहेको उनले बताए ।  Kiosk मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बंैकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७४  वटा शाखा,  १२३  वटा ए.टि.एम. र ८८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्