१६ असार २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

माओवादीमा प्रचण्डलाई टक्कर दिने भेटिएनन्, पदाधिकारीमा दावी गर्नेको लर्को

माओवादीमा प्रचण्डलाई टक्कर दिने भेटिएनन्, पदाधिकारीमा दावी गर्नेको लर्को

टोल, वडा, गाउँ/नगर, प्रदेश अधिवेशन हुँदै नेकपा माओवादी केन्द्र यतिबेला राष्ट्रिय सम्मेलनमा होमिएको छ । ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि’ भनिएको प्रथम राष्ट्रिय सम्मेलनबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव सहित २९९ सदस्यीय केन्द्रीय समिति पनि चयन गरिनेछ ।

माओवादी शान्ति प्रक्रियामा आएयता कहिले बहुमत त कहिले अध्यक्षतात्मक प्रणालीमा सञ्चालन भएको माओवादी केन्द्र राष्ट्रिय सम्मेलनबाट बहुमदमा जाने तयारीमा छ । त्यसका राष्ट्रिय राष्ट्रिय सम्मेलनबाट पार्टीको अन्तरिम विधान संशोधन गर्न गृहकार्य भइरहेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार अन्तरिम विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदाधिकारीमा रहने भनिएपनि संख्या कति रहने भन्ने स्पष्ट नभएकैले सम्मेलनबाट विधान संशोधन गरेर १५ जनासम्मलाई पदाधिकारीमा समेट्नेगरी पार्टीभित्र छलफल भइरहेको हो । ती नेता भन्छन्, ‘राष्ट्रिय सम्मेलनबाट २९९ जनाको पदाधिकारी घोषणा गरिन्छ । त्यसपछि अध्यक्षसहित पदाधिकारीको टुंगो लाग्छ ।’

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड पुनः दोहोरिने निश्चित जस्तै छ । तर पदाधिकारीमा आकांक्षी धेरै भएकाले व्यवस्थापनमा हम्मेहम्मे छ । पार्टीभित्र चुनावको साटो सहमतिको माध्यमबाटै पदाधिकारी चयनमा जोडबल रहने अवस्था रहेकाले सहजै सूची टुंग्याउन सकस रहेको हो ।

माओवादीको पदाधिकारीमा पनि महासचिवमा समीकरण मिलाउन सकस छ । महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन र कृष्णबहादुर महराको दावी छ । यस्तै महिलातर्फबाट पम्फा भुसाल पनि यो दौडमा छिन् । यस्तै उपाध्यक्षमा को हुने र शीर्ष नेता नारायणकाजी श्रेष्ठलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय पनि उत्तिकै पेचिलो छ । कोषाध्यक्ष भइसकेका हरिबोल गजुरेल,  गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, शशि श्रेष्ठ, मातृका यादव, शक्ति बस्नेत, महेन्द्र बहादुर शाहीलगायतका नेताहरुको पनि पदाधिकारीमा आकांक्षा छ । उनीहरुले पदाधिकारीका विभिन्न पदमा आकांक्षा देखाएपनि समीकरण र वरियता अनुसारको जिम्मेवारी पाउने नेताहरुको भनाइ छ । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनसम्बन्धी समाचारसहित लोकान्तर राउण्ड अपमा स्वागत छ । हामी लोकान्तर राउण्ड अपमा बितेका २४ घण्टाका प्रमुख समाचारसहित उपस्थित हुने गर्छौँ–
००००
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व र केन्द्रीय कमिटी चयनका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । महाधिवेशनको दुई सातापछि बिहीबार केन्द्रीय कमिटीको निर्वाचनको सबै नतिजा आएको हो । जसअनुसार सभापतिमा शेरबहादुर देउवा नेतृत्वको १३४ सदस्यीय नयाँ कमिटी बनेको छ ।
००००
काँग्रेस नेता रामचन्द्र पौडेलले सहकर्मीहरूले चुनाव नलडी जोगिएर बस्नुपर्छ भनेपछि आफू चुनावी प्रतिस्पर्धामा सहभागी नभएको बताएका छन् । ‘मेरा साथीहरुले रामचन्द्रजी अब पार्टीभित्रको चुनाव लड्नुहुँदैन, जोगिएर रहनुपर्छ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग हुने निर्णयमा पुगेँ र  त्यस निर्णयप्रति इमान्दार रहन मतदानबाटै अलग रहेँ’, पौडेलले बिहीबार महाधिवेशनबाट निर्वाचित सभापतिसहित केन्द्रीय कमिटी सदस्यलाई बधाई दिँदै पौडेलले भने । उनले यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम नभइ केही क्षणको अल्पविराम मात्रै भएको उनको भनाइ छ ।
००००
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् ।

समाजवादी प्रेस संगठन बाँकेले बिहीवार कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकतावद्ध बनाएर लैजाने उल्लेख गरे ।
००००
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवामा साढे १७ हजार अपुग दरबन्दी खुला गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।
००००
महान्यायाधिवक्ता खम्मबहादुर खातीले सर्वोच्च अदालतको समस्याबारे चासो लिएर निकास दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालयको ७१औं स्थापना दिवसका अवसरमा प्रधानमन्त्री निवास वालुवाटारमा बिहीवार आयोजित कार्यक्रममा खातीले प्रधानमन्त्रीसमक्ष आग्रह गरेका हुन् ।
००००
पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार ११ हजार ६२६ जनामा परीक्षण गर्दा २९३ जनामा संक्रमण पुष्टि भएको हो ।
००००
चालू आर्थिक वर्षको पहिलो ५ महिनामा मुलुकको वैदेशिक व्यापार ६३ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ ।
गत आवको शुरूको ५ महिनामा ५ खर्ब ७५ अर्ब रहेको मुलुुकको वैदेशिक व्यापार चालू आवको सोही अवधिमा ९ खर्ब ४१ अर्ब पुगेको छ ।
००००
उमेरका कारण कैद सजाय मिनाहा हुनुपर्ने मागसहित चाल्र्स शोभराजले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश  जारी गरेको छ ।

शोभराजका तर्फबाट दायर रिटमा सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
००००
बागमती प्रदेश सभाको बिहीवारको बैठक पनि अवरुद्ध भएको छ ।
प्रदेश सभाको बिहीवारको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले कार्यसूची पेश गर्न लाग्दा नेकपा एमालेका प्रदेशसभा सदस्य केशवराज पाण्डेले बुधवारको बैठकमा आफ्नो दलले राखेका विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्