
अफगानिस्तानमा तालीवान समूहले सत्ता सम्हालेदेखि हालसम्म ६ हजार ४ सय पत्रकारले रोजगारी गुमाएको एक सर्वेक्षण रिपोर्टले देखाएको छ ।
रिपोटर्स विदआउट बोर्डस (आरएसएफ) ले गरेको सर्वेक्षण अनुसार तालीवान समूहले २ सय ३१ वटा सञ्चारगृह बन्द गर्न निर्देशन दिएको र त्यसबाट ती पत्रकारहरुको जागिर गुमेको हो ।
पाँच महिनाको अवधिमा जागिर गुमाउने पत्रकारहरूमा ८० प्रतिशत महिला रहेका छन् । जागिर गुमाउनेमध्ये अधिकांश हेरात प्रान्तका १८ वटा सञ्चारकेन्द्र र परवान प्रान्तका १० सञ्चार केन्द्र सम्वद्ध पत्रकारहरु रहेका रिपोर्टमा उल्लेख छ ।