२३ असार २०८३, मंगलबार

भारतमा क्रिसमस र नयाँ वर्षका कार्यक्रममाथि प्रतिबन्ध, कैयौ प्रदेशमा रात्रिकालीन ‘कर्फ्यू’

पुस १०, २०७८
भारतमा क्रिसमस र नयाँ वर्षका कार्यक्रममाथि प्रतिबन्ध, कैयौ प्रदेशमा रात्रिकालीन ‘कर्फ्यू’

विश्वभर क्रिस्चियन धर्मावलम्बीले क्रिसमस पर्व धुमधामसँग मनाइरहेका बेला कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन फैलिने खतरा समेत उत्तिकै छ ।

विश्व स्वास्थ्य संगठनले नै क्रिसमसमा सावधानी अपनाउन अनुरोध गरेको छ । यसैसन्दर्भमा भारतका विभिन्न प्रदेशमा क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा गरिने कार्यक्रममा प्रतिबन्ध लगाइएको छ ।

भारतका हरियाणा, गुजरात, उत्तर प्रदेशसहित केही प्रदेशमा रात्रिकालीन ‘कर्फ्यू’ आदेश जारी गरिएको छ । क्रिसमस र नयाँ वर्षका कार्यक्रम रातिसम्म हुने भएकाले यसलाई निरुत्साहित गर्न ‘कर्फ्यू’ लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनामा ओमिक्रोन भेरियन्ट तीव्ररूपमा फैलिरहेकाले प्रदेश सरकारहरूले सतर्कता अपनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्