
नेपाली कांग्रेस २ नम्बर प्रदेशको शनिवार बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह १ हजार १९ र चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७४० र धनलाल ठोकरले ६३६ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।
महामन्त्रीमा उपेन्द्रकुमार यादव ९५९ र बृहस्पतिकृष्ण श्रेष्ठ ७८८ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनीहरूका निकटम प्रतिद्वन्द्वी नरेश यादवले ७७५ र हरेशप्रसाद महतोले ७०३ मत ल्याए ।
सहमहामन्त्रीमा जयनारायण यादव ८७९ र परशुराम चौधरीले ८२२ मत ल्याएर निर्वाचित भएका छन् भने उनीहरूको निकटम प्रतिस्पर्धी विनोदकुमार यादव ६९१ र नारायण चौधरीले ६०१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।
सहमहामन्त्री महिलातर्फ बिन्दुकुमारी यादव ८८९ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी भिमादवी शर्माले ५३२ मत प्राप्त गरे । यसअघि शुक्रवार नै नेपाली कांग्रेस २ नम्बर प्रदेशको सभापतिमा कृष्ण यादव निर्वाचित भइसकेका छन् ।
यादव ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित भएका हुन् भने निकटम प्रतिस्पर्धी रामसरोज यादवले ८५५ मत प्राप्त गरेका थिए ।
प्रदेश समितिका सदस्य पदको मतगणना भइरहेको निर्वाचित समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए । जम्मा ६७ पदका लागि गत बिहीवार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कूल १ हजार ९५१ मतदातामध्ये १ हजार ८८१ जनाले मतदान गरेका थिए ।