२५ जेठ २०८३, सोमबार

एमसीसीबारे अमेरिकासँग निरन्तर संवाद भइरहेको छ, अनावश्यक दबाब नदिन भनेको छु- प्रचण्ड

एमसीसीबारे अमेरिकासँग निरन्तर संवाद भइरहेको छ, अनावश्यक दबाब नदिन भनेको छु- प्रचण्ड
फाइल तस्वीर।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे अमेरिकासँग निरन्तर संवाद भइरहेको बताएका छन् । 

माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा शनिवार आयोजित केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चको शपथग्रहण कार्यक्रममा बोल्दै प्रचण्डले एमसीसीबारे राष्ट्रिय सहमति बनाउन लागिएको र त्यसको लागि समय लाग्ने भएकाले अनावश्यक दबाब नदिन अमेरिकालाई भनिएको बताए । 

‘अनुदानमा आएको रकम फिर्ता होस् भन्ने हामी चाहँदैनौँ । विकासको लागि पैसा चाहिएको छ । तर, बीचका केपी ओली र अर्थ मन्त्रालयबाट जे काम भएको छ त्यसले जनमानसमा गम्भीर आशंका उत्पन्न गरेको छ । त्यसलाई निर्क्योल नगरी अगाडि बढ्दा नेपाल र अमेरिकालाई पनि फाइदा हुँदैन,’ प्रचण्डले भने, ‘एमसीसीबारे अमेरिकासँग पनि निरन्तरजस्तै संवाद भइरहेको छ । राष्ट्रिय सहमति बनाउने प्रयासमा छौं, त्यसको लागि समय लाग्न सक्छ । समयको लागि कुनै दबाब हुनु हुँदैन भनेको छु ।’ 

salt training

कमेन्ट गर्नुहोस्