×

NMB BANK
NIC ASIA

यातायात क्षेत्र पुनःस्थापना र व्यवस्थापन गर्न यातायात मजदुरको माग

पुस १०, २०७८

NTC
Premier Steels

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको शनिवार बुटवलमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनले भीमज्वाला राईको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ । 

Muktinath Bank

उपाध्यक्षमा नवराज घिमिरे, जीतबहादुर मल्ल, विष्णु लामा, सुरेन्द्र साह, ठाकुर प्रसाद गैरे, महासचिवमा केशव थापा (निरु) उपमहासचिवमा देवी प्रसाद भट्टराई, विष्णु पराजुली, खगेन्द्रबहादुर ओली, सचिवमा सरस्वती रिजाल, शंकर थापा, टीका भट्टराई, विष्णुबहादुर खत्री र रामकुमार ढुंगानासहित ४१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाधिवेशनले ५ बुँदे प्रस्ताव पारित गरेको छ । कोराना महामारीले यातायात क्षेत्र धरासायी बनेको बन्दै राज्यले सार्वजनिक यातायात क्षेत्रको पुनःस्थापना गर्न संगठनले माग गरेको छ । संगठनका नवनिर्वाचित अध्यक्ष भीम ज्वाला राईले लगानीकर्ता र श्रमिकको लागि विशेष प्याकेजसहितको यातायात पुनःस्थापना योजना ल्याउनुपर्ने बताए । 


Advertisment
Nabil box
Kumari

‘राज्यले पुनर्कर्जा त ल्याायो,’ राईले भने, ‘त्यो पर्याप्त भएन । अब सामाजिक सुरक्षासहितको प्याकेज ल्याएर पुनःस्थापना गर्नुपर्छ ।’ 

Vianet communication

राज्यले यातायात मजदुरलाई दोस्रो दर्जाको नागरिक बनाएको मजदुरहरूको गुनासो छ । 

‘राज्यले अधिकार सम्पन्न राष्ट्रिय यातायात प्राधिकरण बनाएर यातायात क्षेत्रका तमाम समस्या समाधान गरिनुपर्छ । अहिलेको राज्यको प्रणालीले सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गर्न सक्दैन,’ उनले भने । 

श्रमिकको पुनःस्थापना र सुरक्षा, सडक दुर्घटना र सचेतना, दुर्घटनापछिको उपचारमा पहुँच, दुर्घटना र श्रमिकको सरोकार, कानूनी झमेला र सास्ती र यातायाता प्राधिकरण हाम्रो अभियानको प्रस्ताव महाधिवेशनले पारित गरेको महासचिव केशव थापाले बताए । 

‘देशभर ११ लाख यातायात मजदुर कोरोनालगायत विभिन्न कारणबाट प्रभावित भए,’ थापाले भने, ‘दुई लाख श्रमिक पेशाबाट विस्थापित भए । रोजगारी, अधिकार, संरक्षण र संवादको आधारभूत कुराबाट विमुख बनेका छन् । त्यसैले राज्यबाट पुनःस्थापना र व्यवस्थापनको खाँचो छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x