२२ जेठ २०८३, शुक्रबार

यी कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यी कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

 आइतवार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यस दिन विजय लघुवित्त र महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

दुवै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म यी कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन् । 
 
विजय लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २०.०३१% बोनस सेयर र कर तिर्न १.०५४% नगद लाभांश वितरण गर्दैछ । संस्थाले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।  
 
महुली लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २६% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । लघुवित्तले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्