०९ साउन २०८३, शनिबार

माओवादी राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत, उद्घाटन दिउँसो ३ बजेलाई सारियो

माओवादी राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत, उद्घाटन दिउँसो ३ बजेलाई सारियो

नेकपा माओवादी केन्द्रले आज (आइतवार)बाट आयोजना गरेको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेर अन्य पार्टीहरूको शीर्ष नेतालाई अथितिको रूपमा आमन्त्रण गरेको छ । 

शनिवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।

स्थायी कमिटीको निर्णय अनुमोदनको लागि माओवादी केन्द्रीय कमिटीको बैठक अहिले बसिरहेको छ ।

महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधनको लागि अरू पार्टीका शीर्ष नेतालाई बोलाएपछि माओवादी केन्द्रले उद्घाटन कार्यक्रम दिउँसो ३ बजेको लागि सारेको छ । 

माओवादी केन्द्रले काठमाडौंको प्रज्ञा भवनमा सम्मेलन गर्ने तयारी गरेको छ । सम्मेलन गर्न प्रज्ञा भवनको हल पाँच दिनका लागि बुकिङ गरिएको माओवादी केन्द्रले बताएको छ । 

सम्मेलनको सबै तयारी पूरा भएको माओवादी केन्द्रले बताएको छ । 

कार्यक्रममा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । माओवादीको महाधिवेशनमा करीब १५ सय जना प्रतिनिधि सहभागी हुने छन् ।

सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रतिवेदनमाथि २० वटा समूह बनाएर छलफल गर्ने तयारी माओवादी केन्द्रले गरेको छ । 

सम्मेलनबाट माओवादी केन्द्र क्रान्तिकारी विचार सहित नयाँ क्रान्तिकारी पार्टी बन्ने दावी माओवादी केन्द्रका नेताहरुले गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्