१९ असार २०८३, शुक्रबार

म्यान्मारमा हिंसा जारी, सेनाले गर्‍यो ३० जनाभन्दा बढीको हत्या

पुस ११, २०७८
म्यान्मारमा हिंसा जारी, सेनाले गर्‍यो ३० जनाभन्दा बढीको हत्या

म्यान्मारमा सेनाको कूपछि हिंसा जारी छ ।

हालैको सदनमा काया राज्यमा महिला र बालबालिका सहित ३० जनाभन्दा बढीलाई सेनाले गोली हानेर मारेको अनि शव जलाएको खबर छ ।

यसको जानकारी एक स्थानीय, मिडियामा आएका रिपोर्ट र मानवअधिकारवादी समूहले दिएका हुन् । करेनी ह्युमन राइट्स ग्रूपले आन्तरिक रूपमा विस्थापित मानिसहरूको डढेको शव फेला परेको बतायो । ह्प्रुसो शहरको मो सो गाउँ नजिक सेनाले वृद्ध, महिला र बच्चाहरूमाथि गोली चलाएको ग्रुपको आरोप छ । 

समूहले फेसबूकमा एउटा पोस्ट गर्दै भन्यो, ‘हामी मानवअधिकारको उल्लंघन गरिएको यस अमानवीय र नृशंस हत्याको कडा निन्दा गर्छौं ।’ मानवअधिकार समूह र स्थानीय मिडियाले सार्वजनिक गरेको तस्वीरमा जलेको ट्रक र बेडमा जलेको शवको अवशेष देखिएको छ । 

बालबालिका, महिला र वृद्धको शव पनि यस्तो अवस्थामा फेला परेको हो । 

स्थानीय गाउँलेले शुक्रवार राति आगो लागेको जानकारी पाएको बताए । तर गोली चलिरहेकाले आफू घटनास्थलमा जान नसकेको उनको भनाइ छ । आफूले डढेको लाश देखेको र बालबालिका तथा महिलाको कपडा छरिएको पनि पनि पाएको उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्