१८ असार २०८३, बिहीबार

माओवादी केन्द्र महाधिवेशनः उद्घाटन समारोहमा पुगे देउवा

माओवादी केन्द्र महाधिवेशनः उद्घाटन समारोहमा पुगे देउवा

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) को महाधिवेशन उद्घाटन समारोहमा पुगेका छन् । 

आइतवारबाट शुरू भएको महाधिवेशनको उद्घाटन समारोहमा सहभागिता जनाउन देउवा  महाधिवेशनस्थल पुगेका हुन् । 

यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल महाधिवेशनस्थल पुगेका थिए । 

निमन्त्रणा गरिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने भएका छन् ।  

प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित विशेष समारोहबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं महाधिवेशनको उद्घाटन गर्दैछन् । 

salt training

कमेन्ट गर्नुहोस्