
शिवम् सिमेन्ट लि.ले २ नं. प्रदेशको विभिन्न १२ स्थानमा निर्माणकर्मीहरूसँगको अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ ।
१ हजार भन्दा बढि निर्माणकर्मीहरूसँग परामर्श तथा उनीहरूको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ ।
सो अन्तरक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरूका लागि रु. ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको थियो ।
योसँगै देशका विभिन्न स्थानहरूमा शिवम् सिमेन्टले २५ सय बढी निर्माणकर्मीहरूसँग निर्माण विज्ञ परामर्श सेवा तथा हरेक निर्माणकर्मीहरूका रु ५ लाख बराबरको जोखिम बहन बीमा गरिसकेको छ ।
मिर्चैया, गोलबजार, लाहान, सिराहा, कठौना, राजविराज, कञ्चनपुर, भारदह, बेलटार, रामपुर, कटारी लगायतका विभिन्न १२ स्थानमा १ हजार भन्दा बढि निर्माणकर्मीहरू को उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी २५ सय बढी निर्माणकर्मीहरू संग अन्तक्रिया तथा उनीहरू को जोखिम बीमा सम्पन्न गरी सकेको छ ।
उक्त अन्र्तक्रिया कार्यक्रममा निर्माणकर्मीहरू लाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरू को समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।
शिवम् सिमेन्टले चरणबद्ध रुपमा देशका विभिन्न स्थानहरू मा नियमित रुपमा निर्माणकर्मीहरू संग प्राविधिक अन्तक्रिया तथा बीमा कार्यक्रम गर्दै आईरहेको छ ।
हालसम्म निरन्तर रुपमा देशका विभिन्न ३७ स्थानमा २५ सय भन्दा बढि निर्माणकर्मीहरूसँग प्राविधिक अन्तक्रिया गरी उनीहरूको जोखिम बीमा गराई सकेको कम्पनी प्रतिनिधिले बताएका छन् । शिवम् सिमेन्टले निरन्तर रुपमा विक्रि पछिको निःशुल्क प्राविधिक सेवा समेत दिदै आइरहेको छ ।
निःशुल्क दक्ष प्राविधिक सेवा लिनको लागि टोल फ्रि.नं. १६६००१२३३२१ (एन.टि.सी.) ९८०१५७५५७५ (एन.सि.एल.) मा सम्पर्क गर्न सकिने छ ।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरू हरेक दिन जोखिमपुर्ण कार्यहरू गर्दै आइरहेका हुन्छन् ।
उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरूका लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकमीहरूका लागि रु ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो ।
उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरू, उद्योगी, व्यवसायी लगायतका उपस्थिति रहेको थियो । शिवम् सिमेन्टले आगामी दिनहरू मा समेत शिवम् सिमेन्टका विक्रेताहरू संगको समन्वयमा यस अन्तक्रिया तथा निशुल्क बीमा कार्यक्रम निरन्तर संचालन गर्ने कम्पनीले जनाएको छ ।